Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – कास्की पोखरा समाज जापानको २०२५-२७ कार्यसमितिको पहिलो बैठक आइतबार सम्पन्न भएको छ। बैठकले प्रवक्ताको जिम्मेवारी बिष्णु सुबेदी निशानलाई दिने निर्णय गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नवनिर्वाचित अध्यक्ष कमल बाँस्तोलाको अध्यक्षतामा सम्पन्न बैठकले संस्थाको भावी योजना तथा कार्यक्रमहरूबारे विस्तृत छलफल गर्दै महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ । अध्यक्ष कमल बाँस्तोलाका अनुसार जापानमा रहेका कास्कीवासीलाई आपसमा अझ मजबुत रूपमा जोड्ने, कास्की–पोखरालाई जापानी समुदायमाझ चिनाउने, आजीवन तथा साधारण सदस्यता विस्तार गर्ने, जापानका विभिन्न क्षेत्रहरूमा शाखा समिति गठन गर्ने, र जापानमा बसोबास गरिरहेका कास्केली समुदायका समस्या समाधानका लागि आवश्यक पहल गर्ने जस्ता विषयहरू बैठकका प्रमुख एजेन्डा थिए ।

बैठकले पुराना तथा नयाँ पुस्ताबीच सम्बन्ध मजबुत बनाउन विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । जापानमा विद्यार्थी भिसामा रहेका नेपालीका लागि इन्स्योरेन्ससम्बन्धी कार्यक्रम, जापानका अन्य नेपाली संस्थाहरूसँग सहकार्य, आर्थिक शिक्षासम्बन्धी गोष्ठी, सांस्कृतिक कार्यक्रम, श्रम कानूनसम्बन्धी सेमिनारलगायतका कार्यक्रमहरू आयोजना गरिने बैठकमा तय गरिएको छ ।

संस्थाका पूर्व अध्यक्षहरू तथा निवर्तमान नेतृत्वलाई बैठकमा विशेष सम्मान गरिएको थियो । निवर्तमान अध्यक्ष सन्देश अधिकारी, पूर्व अध्यक्षहरू बिकास श्रेष्ठ, शिवप्रसाद पौडेल र बिष्णु प्रसाद सुबेदी (विश्व) ले नयाँ कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको कास्की पोखरा समाज जापानले जनाएको छ ।

कार्यसमितिका सदस्यहरूले संस्थाप्रति आफ्नो धारणा राख्दै भावी कार्ययोजनाबारे सुझाव प्रस्तुत गरेका थिए । बैठकले समुदायको हितमा संस्थालाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । ***

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया