Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – इटालीका लेजेन्ड पूर्वगोलकिपर जियानलुइजी ‘जीजी’ बुफोन नेपाल भ्रमणमा आइपुगेका छन्। विश्व फुटबलका उत्कृष्ट गोलकिपरमध्ये एक मानिने बुफोन आइतबार केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल अवलोकन गर्न नेपाल आइपुगेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेपे लगायत पदाधिकारीहरूले उनलाई स्वागत गरे।

सन् २००६ को फिफा विश्वकप जितेका बफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। इटलीका लागि ८० खेलमा कप्तानी गरेका बुफोन सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन्।

सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका बुफोन सोमबार हुने केपी ओली कपको फाइनल खेल हेर्न नेपाल आएका हुन्। प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत फाइनल खेल बेलुकी ६ बजे मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया