Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

टोकियो – इथियोपियाका टाडेसे ताकेले र सुतुमा असेफा केबेड़ेले जापानी राजधानी टोकियोमा सम्पन्न टोकियो म्याराथनमा आफ्नो-आफ्नो विधामा जित हासिल गरेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ताकेलेले पुरुषतर्फ २ घण्टा ३ मिनेट २३ सेकेन्डमा दौड पूरा गर्दै व्यक्तिगत उत्कृष्ट समयसहित पहिलो स्थान हासिल गरे । इथियोपियाकै डेरेसा गेलेटा २:०३:५१ समयमा दौड समाप्त गर्दै दोस्रो भए भने केन्याका भिन्सेन्ट किप्केमोई न्गेटिच २:०४:०० मा दौड पूरा गर्दै तेस्रो स्थानमा रहे ।

महिलातर्फ केबेड़ेले सुरुदेखि अन्त्यसम्म अग्रता कायम गर्दै लगातार दोस्रो पटक टोकियो म्याराथन जित्न सफल भइन् । उनले २:१६:३१ समयमा दौड पूरा गरिन् । दोस्रो स्थानमा केन्याकी विन्फ्रिडा मोरा मोसेती (२:१६:५६) रहिन् भने इथियोपियाकी हावी फेइसा (२:१७:००) तेस्रो स्थानमा रहिन् ।

पुरुषतर्फ जापानका टुबासा इचियामा सर्वश्रेष्ठ जापानी धावक रहे, जसले १०औं स्थानमा रहँदै २:०६:०० समयमा दौड पूरा गरे । महिलातर्फ युका आन्दो २:२३:३७ समयमा दौड समाप्त गर्दै सर्वश्रेष्ठ जापानी धाविका बनिन् ।

  • पुरुषतर्फको नतिजा

🥇 टाडेसे ताकेले (इथियोपिया) – २:०३:२३
🥈 डेरेसा गेलेटा (इथियोपिया) – २:०३:५१
🥉 भिन्सेन्ट किप्केमोई न्गेटिच (केन्या) – २:०४:००
4️⃣ टाइटस किप्रुटो (केन्या) – २:०५:३४
5️⃣ मुलुगेता असेफा उमा (इथियोपिया) – २:०५:४६
6️⃣ बेन्सन किप्रुटो (केन्या) – २:०५:४६
7️⃣ जियोफ्री टोरोइटिच (केन्या) – २:०५:४६
8️⃣ सुल्दान हसन (स्वीडेन) – २:०५:५७
9️⃣ जोशुआ चेप्तेगेइ (युगान्डा) – २:०५:५९
🔟 टुबासा इचियामा (जापान) – २:०६:००

  • महिलातर्फको नतिजा

🥇 सुतुमा असेफा केबेड़े (इथियोपिया) – २:१६:३१
🥈 विन्फ्रिडा मोरा मोसेती (केन्या) – २:१६:५६
🥉 हावी फेइसा (इथियोपिया) – २:१७:००
4️⃣ म्याग्डालिन मासाई (केन्या) – २:१९:२८
5️⃣ रोजमेरी वान्जिरु (केन्या) – २:१९:५७
6️⃣ डेसी जिशा मोकोनिन (बहराइन) – २:२०:०७
7️⃣ गोताइटोम गेब्रस्लासे (इथियोपिया) – २:२०:२५
8️⃣ डेगितु अजिमेराव (इथियोपिया) – २:२०:२६
9️⃣ देसुन झाङ (चीन) – २:२०:५३
🔟 जेसिका (अस्ट्रेलिया) – २:२२:५६

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया