Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – जापानमा मृत्युदण्डको समर्थन अझै बलियो रहेको देखिएको छ । पछिल्लो वर्षको अन्त्यतिर गरिएको सरकारी सर्वेक्षण अनुसार, ८३ दशमलव १ प्रतिशत उत्तरदाताले मृत्युदण्डलाई ‘अनिवार्य’ मान्ने बताएका छन् । यो आँकडा सन् २०१९ मा गरिएको अघिल्लो सर्वेक्षणभन्दा २ दशमलव ३ प्रतिशतले वृद्धि भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तर, यसको विपरीत मृत्युदण्ड हटाइनु पर्ने मत राख्नेको संख्या पनि ७ दशमलव ५ प्रतिशतले वृद्धि भई १६ दशमलव ५ प्रतिशत पुगेको छ । सरकारी सर्वेक्षण हरेक पाँच वर्षमा गरिन्छ, र यो लगातार पाँचौंपटक मृत्युदण्डको समर्थन ८० प्रतिशतभन्दा माथि पुगेको देखिएको छ ।

मृत्युदण्डको पक्षमा रहेका उत्तरदातामध्ये ६२ दशमलव २ प्रतिशतले अपराध पीडित र उनीहरूका परिवारको भावनालाई ध्यानमा राखी यो सजाय आवश्यक रहेको बताएका छन् । त्यस्तै, ५५ दशमलव ५ प्रतिशतले गम्भीर अपराधको दण्डको रूपमा यो कायम रहनुपर्ने बताएका छन् भने ५३ दशमलव ४ प्रतिशतले यदि मृत्युदण्ड हटाइए, भयावह अपराधहरू बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

मृत्युदण्डको विरोध गर्नेहरू मध्ये ७१ प्रतिशतले गलत फैसला भएमा त्यसलाई सच्याउन नसकिने मुख्य कारण देखाएका छन् । यो संख्या २०१९ को सर्वेक्षणको तुलनामा करिब २० प्रतिशतले वृद्धि भएको हो ।

यो सर्वेक्षण एक ऐतिहासिक पुनरावलोकनपछि गरिएको थियो, जसमा १९६६ को एक चौगुना हत्या मामिलामा दोषी ठहर गरिएका ८८ वर्षीय इवाओ हाकामातालाई निर्दोष प्रमाणित गरिँदै गत वर्ष पुनःनिर्णय सुनाइएको थियो । उनी चार दशकभन्दा बढी समय मृत्युदण्डको प्रतिक्षामा रहेका थिए ।

सर्वेक्षणमा सहभागीहरूमध्ये ३७ दशमलव ५ प्रतिशतले आजीवन कारावास (प्यारोलबिनाको) लागू गरिए मृत्युदण्ड हटाउन सकिने बताएका छन् । तर, ६१ दशमलव ८ प्रतिशतले त्यसो भए पनि मृत्युदण्ड कायम रहनुपर्ने मत दिएका छन् । यो सर्वेक्षण अक्टोबरदेखि डिसेम्बरसम्म १८ वर्ष वा सोभन्दा माथिका ३ हजार जनालाई पत्राचारमार्फत गरिएको थियो ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया