Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभर क्षेत्रमा निर्माणाधीन केबलकारको विरोध गरिरहेका समूहलाई वार्तामा आउन आग्रह गरेका छन्। आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले “नो केवलकार” समूहले उठाएका विषयप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै संवादका माध्यमबाट समाधान खोज्न तयार रहेको बताए। उनले केबलकार निर्माणसँग सम्बन्धित कुनै पनि समस्या छलफलमार्फत समाधान गरिने आश्वासन दिए।

शान्ति सुव्यवस्था कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको मृत्युबारे प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको र दोषीलाई कारबाही गरिने पनि बताए। त्यसैगरी, सर्लाहीको बरहथवाका प्रेम विवाह गरेका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षामा सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे। उनले भेदभावविरुद्धको हक कार्यान्वयन गर्न सरकारले सक्रिय पहल गरिरहेको जानकारी गराए।

गृहमन्त्री लेखकले विभिन्न विधेयकहरू सदनमा दर्ता भइसकेको उल्लेख गर्दै नीतिगत तथा कानुनी सुधारका विषयमा छलफल जारी रहेको बताए। भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणको कामले गति लिएको बताउँदै सीमित स्रोत र साधनका बीचमा उपलब्ध साधनलाई अधिकतम उपयोग गरी प्रभावकारी रूपमा काम भइरहेको जानकारी गराए।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया