Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी १५औं महाधिवेशनमा फेरि सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। आइतबार सुर्खेतमा पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधान तथा सहरी विकास मन्त्रीसमेत रहेका सिंहले १४औं महाधिवेशनमा सभापतिका लागि प्रतिस्पर्धा गरिसकेकाले अब अन्य कुनै पदमा दाबी नगर्ने बताएका छन्। उनले आफू महासचिव, उपसभापति, संसदीय दलको उपनेता भइसकेको उल्लेख गर्दै अब सभापति, संसदीय दलको नेता र प्रधानमन्त्री बन्न बाँकी रहेको धारणा व्यक्त गरे।

२०७८ मंसिरमा भएको १४औं महाधिवेशनमा सभापति पदका उम्मेदवार रहेका सिंहले पहिलो चरणमा ३७१ मत ल्याएका थिए। कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नपाएपछि दोस्रो चरणमा पुगेको चुनावमा उनले शेरबहादुर देउवालाई समर्थन गरेका थिए। कांग्रेसभित्र उनको समूहलाई त्यति प्रभावशाली नमानिए पनि गणेशमान सिंहको राजनीतिक विरासत बोकेका कारण कार्यकर्ताले सम्मान दिँदै आएका छन्।

कांग्रेसमा सिंहसहित शशांक कोइराला र विमलेन्द्र निधि पार्टीको विरासत बोकेका नेताका रूपमा चिनिन्छन्। यी तीन नेताले १५औं महाधिवेशनलाई लक्षित गर्दै लामो समयदेखि लञ्च मिटिङहरू गर्दै आएका छन्। सभापति पदका लागि सिंह र शशांक कोइरालाले आफ्नो इच्छा स्पष्ट गरिसकेका छन् भने निधिले भने औपचारिक रूपमा घोषणा गरिसकेका छैनन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया