Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – कान्ति बाल अस्पताललाई एक हजार शैय्यामा विस्तार गर्ने कार्यमा सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आग्रह गरेका छन्। नेपालका लागि जापानी राजदूत तोरु मायदासँगको हालै भएको भेटका क्रममा मन्त्री पौडेलले बालबालिकाको उपचारका लागि विशिष्टिकृत अस्पताल भएपनि पर्याप्त पूर्वाधार नभएकाले विकास गर्ने सरकारको योजनामा साथ दिन जापान सरकारसँग आग्रह गरेका हुन्।

त्यसैगरी, मन्त्री पौडेलले एक्सरे फिल्मको प्रयोग घटाएर डिजिटल प्रविधि अपनाउने सरकारको योजनामा पनि जापानसँग सहकार्यको अपेक्षा रहेको बताए। मन्त्री पौडेलको सचिवालयका अनुसार राजदूत मायदाले नेपाल र जापानबीचको लामो सम्बन्धलाई जोड दिँदै अस्पताल विस्तारमा सकारात्मक सहयोग रहने बताएका छन्।

बाल अस्पतालको क्षमता वृद्धिका लागि विभिन्न निकायसँग समन्वय भइरहेको मन्त्री पौडेलको भनाइ छ। सरकार बाल उपचारलाई प्रभावकारी बनाउन कटिबद्ध रहेको भन्दै उनले जापान सरकारसँग सहकार्यका सम्भावनाहरू खोज्ने प्रयास भइरहेको जानकारी दिए।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया