Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – जापानको फुकुओका शहरमा हरेक वर्ष झैँ यस वर्ष पनि ‘नेपाल फेस्टिभल’ हुने भएको छ । फुकुओका नेपाल सोसाइटी (फुनेसो)को अग्रसरतामा नेपाली समुदायको उत्साहजनक सहभागितामा ‘नेपाल फेस्टिभल फुकुओका-२०२५’ आयोजना हुने भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

फुनेसोका अध्यक्ष इन्द्र प्रसाद घलेको संयोजकत्वमा क्युशु क्षेत्रका विभिन्न नेपाली संघसंस्था र जापानी निकायहरूको सहकार्यमा अप्रिल १२ र १३ का दिन फुकुओकाको तेन्जीन सेन्ट्रल पार्कमा फेस्टिभल सम्पन्न गरिने तय भएको छ । नेपाल फेस्टिभल फुकुओका नेपाली कला, संस्कृति, भेषभूषा तथा पर्यटन प्रवर्द्धनका लागि एउटा विशेष मञ्च बनिसकेको छ ।

नेपाल र जापानबीच सांस्कृतिक सम्बन्धलाई थप सुदृढ पार्ने उद्देश्यसहित आयोजना गरिँदै आएको यस फेस्टिभलले जापानमा रहेका अन्य विदेशी समुदायलाई समेत नेपालसँग जोड्ने अवसर प्रदान गर्दै आएको छ । संयोजक इन्द्र प्रसाद घलेका अनुसार यस वर्षको संस्करणलाई अझ प्रभावकारी र आकर्षक बनाउने तयारी गरिएको छ ।

दुई दिनसम्म चल्ने यो फेस्टिभलमा झण्डै १५ हजार दर्शकको सहभागिता रहने अनुमान गरिएको छ । नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूको विस्तृत जानकारी दिने स्टलहरू, नेपाली परिकारका स्वादिष्ट खानाका स्टलहरू तथा जापानी निकायका विभिन्न जानकारीमूलक स्टलहरू पनि महोत्सवको आकर्षण रहनेछन् ।

यस पटकको फेस्टिभललाई थप मनोरञ्जनात्मक बनाउन नेपालबाट चर्चित गायिका प्रीति आले मगर र गायक हेमन्त शर्मा विशेष प्रस्तुति दिन जापान आउने भएका छन् । यस्तै, अन्य लोकप्रिय तथा दिग्गज कलाकारहरूको समेत उपस्थिति रहने भएकाले दर्शकहरूको उल्लेखनीय चाप रहने आयोजक समितिले अनुमान गरेको छ ।

फेस्टिभललाई व्यवस्थित ढंगले सम्पन्न गर्न स्टेज व्यवस्थापन, स्टल व्यवस्थापन, सूचना तथा सञ्चार विभागलगायत गरी १२ ओटा कार्यदल गठन गरिएको छ । सन् २०११ मा ‘वैशाखे मेला’को रूपमा सुरु भएको यो महोत्सव निरन्तर रूपले विस्तार हुँदै आज १२ औं संस्करणसम्म आइपुगेको छ । नेपाल र जापानबीच सांस्कृतिक तथा आपसी सम्बन्ध सुदृढ पार्न यसको महत्त्वपूर्ण योगदान रहेको फुकुओका नेपाल सोसाइटीका पूर्व अध्यक्ष एवं संस्थापक संयोजक रामकृष्ण श्रेष्ठले बताए ।

नेपाल फेस्टिभल फुकुओकालाई थप व्यवस्थित र दीर्घकालीन रूपमा प्रभावकारी बनाउन ‘फेस्टिभल संरक्षण समिति-२०२५’ पनि गठन गरिएको छ । यो समितिको संयोजकत्व धर्मराज अधिकारीले गरेका छन् भने विभिन्न संघसंस्थाका अध्यक्ष, अग्रज तथा पूर्व संयोजकहरूको समेत सहभागिता रहेको छ । संरक्षण समितिका सदस्य सचिव सन्तमान शाक्यका अनुसार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

फेस्टिभलले नेपाल र जापानबीचको मित्रतालाई थप मजबुत बनाउने आयोजकको विश्वास छ । नेपाल फेस्टिभल फुकुओका-२०२५ ले नेपाली संस्कृति, पर्यटन तथा समृद्धिका लागि महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया