Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख १३, २०८२
Saturday, April 26, 2025

काठमाडौं – भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा ४५ दिनसम्म चलेको महाकुम्भ महोत्सव औपचारिक रूपमा सम्पन्न भएको छ । विश्वकै सबैभन्दा ठूलो धार्मिक तथा आध्यात्मिक जमघटको रूपमा लिइने यस पर्वमा ६६ करोड ३० लाखभन्दा बढी भक्तजनहरूले भाग लिएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कुम्भ मेलाका अधिकारीहरूका अनुसार अन्तिम दिन मात्रै १ करोड ५३ लाख भक्तजनले पवित्र स्नान गरेका थिए । प्रत्येक १२ वर्षमा आयोजना गरिने यो महाकुम्भ हिन्दु धर्मावलम्बीका लागि पवित्र तथा ऐतिहासिक पर्व हो । यो अवसरमा देशविदेशबाट आएका श्रद्धालुहरूले त्रिवेणी संगममा स्नान गरेर धार्मिक अनुष्ठान तथा पूजापाठ गरेका थिए । उत्तर प्रदेशको राजधानी लखनऊदेखि करिब १९६ किलोमिटर दक्षिणमा अवस्थित प्रयागराजमा यो महोत्सव सम्पन्न भएको हो ।

यस वर्षको महाकुम्भलाई व्यवस्थित बनाउन उत्तर प्रदेश सरकार, स्थानीय प्रशासन तथा विभिन्न धार्मिक संघसंस्थाहरूले व्यापक तयारी गरेका थिए । भक्तजनहरूको सुरक्षाका लागि हजारौं सुरक्षाकर्मी परिचालित गरिएको थियो भने आपत्कालीन उद्धारका लागि स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरू पनि खटाइएका थिए ।

महाकुम्भ मेलामा स्नानलाई अत्यन्तै महत्वपूर्ण मानिन्छ । धार्मिक मान्यताअनुसार, कुम्भ मेलामा त्रिवेणी संगम (गंगा, यमुना र अदृश्य सरस्वती नदीको संगमस्थल) मा स्नान गर्दा पाप मुक्त भइ मोक्ष प्राप्त हुने विश्वास गरिन्छ। त्यसैले पनि लाखौं श्रद्धालुहरू बिहानैदेखि लामबद्ध भएर पवित्र स्नानमा सामेल भएका थिए । महाकुम्भ मेला केवल धार्मिक पर्व मात्र नभएर सांस्कृतिक रूपमा पनि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ ।

तपाईको प्रतिक्रिया