Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको वार्ता तनावग्रस्त बनेको छ । वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स समेत उपस्थित रहेका थिए । वार्ताको सुरुवात औपचारिक अभिवादनबाट भए पनि कुराकानी अघि बढ्दै जाँदा दुबै नेताबीच आरोप-प्रत्यारोप हुन थाल्यो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

राष्ट्रपति ट्रम्पले युक्रेनलाई दिएको अमेरिकी सहयोगबारे प्रश्न उठाउँदै तेस्रो विश्वयुद्ध निम्त्याउने प्रयास भइरहेको आरोप लगाए । उनले अमेरिकाले सहयोग नगरे युक्रेन-रुस युद्ध दुई सातामा समाप्त हुने दाबी गरेपछि वार्ताको माहोल झन् तनावपूर्ण बन्यो । ट्रम्पको आरोपहरूप्रति असहमति जनाउँदै राष्ट्रपति जेलेन्स्कीले युक्रेनको सुरक्षाका लागि अमेरिका महत्त्वपूर्ण साझेदार रहेको र सहयोग जारी रहनुपर्ने बताए ।

तर, जब ट्रम्पले कठोर शब्द प्रयोग गर्दै जेलेन्स्कीलाई ह्वाइट हाउस छोड्न आग्रह गरे, तब जेलेन्स्की बैठक छोडेर निस्किए । वार्ताको अप्रत्याशित अन्त्यपछि ह्वाइट हाउस र अन्तर्राष्ट्रिय समुदायमा विभिन्न प्रतिक्रिया आएका छन् । जेलेन्स्कीले अमेरिकाले अहिलेसम्म प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गर्दै युक्रेन-अमेरिका सम्बन्ध कुनै एक नेताको व्यक्तिगत सम्बन्धभन्दा माथि रहेको बताएका छन् ।

ट्रम्प र जेलेन्स्कीबीचको भनाभनले अमेरिका र युक्रेनबीचको सम्बन्धमा असर पार्ने देखिएको छ । युरोपेली संघका कूटनीतिज्ञहरूले यस घटनालाई गम्भीर रूपमा लिएका छन् । नाटोका महासचिवले युक्रेनलाई सहयोग जारी राख्नुपर्नेमा जोड दिएका छन् । यस घटनाले अमेरिका र युक्रेनबीच प्रस्तावित खनिज सम्झौतामा पनि प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ । प्रारम्भिक वार्ताहरू सकारात्मक दिशामा गए पनि अहिले सम्झौता स्थगित भएको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्र्थ सोसलमा जेलेन्स्कीलाई कटाक्ष गर्दै अमेरिकी नागरिकहरूको अपमान गरेको आरोप लगाएका छन् । उनका समर्थकहरूले ट्रम्पको भनाइको समर्थन गरेका छन् भने विपक्षीहरूले यो घटनालाई कूटनीतिक असफलता भनेका छन् । युक्रेनी अधिकारीहरूले ट्रम्पको टिप्पणीको खण्डन गर्दै युक्रेनले लोकतन्त्र र सार्वभौमिकताको पक्षमा संघर्ष गरिरहेको बताएको छ ।

विश्लेषकहरूका अनुसार, अमेरिकी सहयोगबिना युक्रेनको सुरक्षामा गम्भीर असर पर्न सक्छ । युक्रेनले अन्य अन्तर्राष्ट्रिय साझेदारहरूसँग सम्बन्ध अझ प्रगाढ बनाउन सक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया