काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारले भोको पेट मारेर आफू हराउन खोज्नेको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै बालेनले सामाजिक सञ्जालमा पोस्ट राख्दै युस्तो आरोप लगाएका हुन् ।
उनले आफूहरू मदन भण्डारीकै सपना पूरा गर्न हिडेको मान्छे रहेको बताएका छन् । उनले भनेका छन्, ‘ प्रधानमन्त्रीज्यु ,भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ,हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे !’
मेयर शाहले प्रधानमन्त्री ओलीलाई आफूलाई हराउने दाउ देशलाई नडुबाउन सुझाव दिएका छन् । ‘मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला !!’ उनले भनेका छन् ।
samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
Edit Bio
samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
Edit Bio