Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – हराएको करिब पाँच महिनापछि काभ्रेको मण्डनदेउपुर नगरपालिका-११ की ३८ वर्षीया निशा लामाको कंकाल भेटिएको छ । उनको कंकाल पाँचखाल नगरपालिका-३ स्थित जङ्गलमा भेटिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

लामाको हत्या अभियोगमा प्रहरीले बिहीबार धुलिखेल नगरपालिका-६ का ३६ वर्षीय सुनिल रञ्जितकारलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । लामा गत असोज १५ गतेदेखि हराएकी थिइन् । सोही दिन लामा औषधि खरिदका लागि घरबाट तामाघाट जान्छु भनेर हिँडेको र घर नफर्केपछि उनका श्रीमान् राइफल लामाले प्रहरीमा खोजबिनका लागि निवेदन दिएका थिए ।

निशाको कंकाल बुधबार दिउँसो २ बजे पाँचखालको काफ्लेडिही नजिकको जङ्गलमा फेला परेको थियो । निशाको कंकालसँगै ब्याग, चप्पल र ब्यागभित्र निशा लामा लेखिएको बिल फेला परेका कारण उक्त कंकाल श्रीमती निशाकै भएको भनी लामाले सनाखत गरेको प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार निशाका श्रीमान् लामाले रन्जितकारविरुद्ध बिहीबार जाहेरीसमेत दर्ता गराएका छन् ।

प्रहरीका अनुसार जाहेरीमा पक्राउ परेका सुनिल रञ्जितकारले निशालाई काभ्रेपलाञ्चोककै बनेपामा भेटी ललाइफकाइ गरी झुक्याएर काफ्लेडिहीको जङ्गलमा लगेको र हत्या गरेको आरोप छ । रञ्जितकारले भने निशाले आफूलाई ‘जबर्जस्तीकरणीको अभियोग’मा फसाइदिन्छु भनेकाले आवेशमा आएर धारिलो हतियार र ढुङ्गाले टाउको तथा संवेदनशिल अङ्गमा प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ । निशाका दुई छोरा र एक छोरी छन् ।

तपाईको प्रतिक्रिया