Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

समाचार सुन्नुहोस : 

काठमाडौं – संघीयता लागूपछि बागलुङमा १० वटा पालिका भए । त्यसअघि बागलुङ नगरपालिका मात्र अस्तित्वमा थियो । २०७३ सालमा स्थापना भएका बागलुङका नौ पालिका सुरुवाती चरणमा भाडाको भवनबाट सञ्चालन भएका थिए। हालसम्म तीमध्ये छवटा पालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गर्न सफल भएका छन्। गलकोट र जैमिनी नगरपालिकाका भवन निर्माणको अन्तिम चरणमा छन् भने ढोरपाटन नगरपालिकाले फागुनदेखि आफ्नै कार्यालयबाट सेवा दिन थालेको छ।

करिब ४ करोड ५९ लाख रुपैयाँ लागतमा निर्माण भएको छ तलाको पक्की भवनले कार्यालय सञ्चालन खर्च घटाएको छ। काठेखोला गाउँपालिकाले अझै आफ्नै भवन निर्माणका लागि जग्गा टुंग्याउन सकेको छैन। ताराखोला गाउँपालिकाले सुविधासम्पन्न भवन बनाएको एक वर्षपछि बडिगाड गाउँपालिकाले पनि आफ्नै भवन निर्माण सम्पन्न गरेको छ।

संघीयतासँगै सिंहदरबारका सेवा गाउँमै पुर्‍याउने लक्ष्य अनुसार तमानखोला, निसीखोला, र बरेङ गाउँपालिकाले पनि आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छन्। यसले स्थानीय प्रशासनलाई व्यवस्थित गर्दै सेवाग्राहीलाई थप सहजता पुगेको छ।***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया