टोकियो – जापानमा गैरकानुनी रूपमा बस्दै आएका चार नेपालीलाई त्यहाँको अध्यागमन विभागले निष्कासन गरेको छ । विष्ट, राजभाट, बस्याल र पौडेल थरका ती व्यक्तिहरूलाई कोरियन एयरलायन्स र थाइ एयरलायन्समार्फत नेपाल फर्काइएको हो ।
उनीहरू हालै काठमाडौं आइपुगेका छन् । जापानको अध्यागमन कानुन उल्लंघन गरेको भन्दै उनीहरूलाई निष्कासन गरिएको बताइएको छ । पछिल्लो समय जापान सरकारले गैरकानुनी रूपमा बस्ने आप्रवासीहरूमाथि निगरानी बढाएको छ ।
नेपाली समुदायसमेत यस अभियानको असरमा परेका छन् । यसअघि पनि, फागुनको पहिलो सातामा जापानले पाँच जना नेपालीलाई देश निकाला गरेको थियो । निष्कासित व्यक्तिहरूमा मगर, थापामगर, तामाङ, गौचन र चेम्जोङ थरका एक/एक जना रहेका थिए ।
samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.