Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – जापानका प्रत्येक छ जना नागरिकमध्ये एक जनासँग मात्र वैध राहदानी रहेको सरकारको पछिल्लो तथ्याङ्कले देखाएको छ । पछिल्लो दर राहदानी भएका अमेरिकीको आधाभन्दा निकै कम छ तर सन् १९९० को करिब पाँच प्रतिशतबाट बढेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

छिमेकी मुलुक दक्षिण कोरियामा यो सङ्ख्या ६० प्रतिशतको हाराहारीमा रहेको सियोलले जनाएको छ । सन् २०२४ को डिसेम्बरसम्ममा दुई करोड १६ लाख वैध जापानी राहदानी प्रचलनमा रहेको र यो कुल जनसङ्ख्याको करिब १७.५ प्रतिशत रहेको परराष्ट्र मन्त्रालयले बिहीबार जनाएको छ ।

कोभिड-१९ महामारीअघि करिब एक चौथाइ जापानीसँग वैध राहदानी थियो ।यस वर्षको हेन्ले पासपोर्ट इन्डेक्सका अनुसार सिङ्गापुरपछि दक्षिण कोरियाको राहदानी विश्वकै दोस्रो बलियो राहदानीसँग जोडिएको छ । सिङ्गापुरले १९० भन्दा बढी गन्तव्य (देश)मा बिना भिसा प्रवेशका लागि अनुमति पाउँछ ।

कोभिड-१९ को महामारीकालको क्वारेन्टाइन र सीमा नाका बन्द भएपछि जापानबाट बाहिरिने यात्रा क्रमशः पुनः शुरु भएको मन्त्रालयले जनाएको छ । तर विगत पाँच वर्षमा आफ्नो मूल्यको एक तिहाइ हिस्सा गुमाइसकेको येनको कमजोरीले जापानी यात्रुलाई मुद्रास्फीति र आन्तरिक यात्रामा नयाँ चासोका कारण रोकेको विश्लेषकहरू बताउँछन् ।

जापानले अन्य देशहरूबाट पर्यटकहरूको उच्च आगमनलाई स्वागत गरेको छ । गत वर्ष ३६ करोडभन्दा बढी पर्यटक जापान पुगेका थिए भने सबैभन्दा बढी आकर्षण क्योटाजस्ता पर्यटकीय स्थलहरूमा देखिएको थियो ।

सन् १९८० को दशकको उत्तरार्धमा जापानी नागरिकहरूको अन्तर्राष्ट्रिय यात्रामा तीव्र वृद्धि हुन थालेको थियो । सन् १९९० मा जापानबाट एक करोडभन्दा बढी मानिस विदेश गएका थिए भने महामारीअघि यो सङ्ख्या बढेर दुई करोड पुगेको थियो ।

जापानको शीर्ष ट्राभल एजेन्सी जेटीबीका अनुसार यो वर्ष करिब एक करोड ४१ लाख जापानीले विदेश भ्रमण गर्ने अनुमान गरिएको छ । ‘हालैका वर्षहरूमा, येनको तीव्र अवमूल्यनले केहीलाई विदेश यात्राबाट टाढा राखेको छ तर एक पटक मुद्रा बजार शान्त भएपछि विदेशी यात्राले गति लिने अपेक्षा गरिएको छ,’ सरकारद्वारा जनवरीमा जारी गरिएको अध्ययनमा भनिएको छ । -एएफपी

तपाईको प्रतिक्रिया