Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

काठमाडौं – अमेरिकाका सरकारी कर्मचारीहरूले शनिवार दिउँसो प्राप्त गरेको एउटा इमेलमा उनीहरूलाई गत साताका उपलब्धिहरू सूचीबद्ध गर्न वा राजीनामा दिन आग्रह गरिएको थियो । यो डोनल्ड ट्रम्प प्रशासनले सङ्घीय कर्मचारीहरूलाई लक्षित गरी चालेको पछिल्लो कदम हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ट्रम्पका विश्वासपात्र अर्बपति इलोन मस्कले ‘गत साता उनीहरूले के गरे भन्ने बुझ्नका लागि’ कर्मचारीहरूले चाँडै इमेल प्राप्त गर्ने जनाउँदै ट्वीट गरेपछि कर्मचारीले त्यस्तो इमेल पाएका थिए । उनले लेखेका थिए, ‘उत्तर दिन असफल भएमा त्यसलाई राजीनामाका रूपमा लिइनेछ ।’

कसले पठायो इमेल ?
मस्कले सरकारी खर्च कटौतीका लागि आक्रामक रूपमा कोषहरूलाई निलम्बन गर्ने तथा कर्मचारीहरूलाई हटाउने प्रयासको नेतृत्व गर्दै आएका छन् ।

ट्रम्पले कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीप्याक) मा बोलेको केही समयपछि उक्त इमेल कर्मचारीहरूको इनबक्समा प्राप्त भएको थियो । त्यसको विषयमा ‘तपाईंले गत साता के गर्नुभयो ?’ भनेर लेखिएको थियो । इमेल पठाउनेमा एचआर अर्थात् जनशक्ति व्यवस्थापन गर्ने निकाय उल्लेख गरिएको छ ।

इमेलमा के छ ?
इमेलको प्रतिलिपिमा कर्मचारीहरूलाई सोमबार मध्यरातअघि गोप्य जानकारीको खुलासा नगरी पाँच वटा बुँदामा गत साता कर्मचारीहरूले गरेका काम तथा उपलब्धिबारे उल्लेख गर्न भनिएको छ ।

यद्यपि उक्त इमेलमा जबाफ दिन असफल भएमा त्यसलाई राजीनामा मानिने छ वा छैन भनेर उल्लेख गरिएको छैन । उक्त निकायले ;दक्ष र जवाफदेही सङ्घीय जनशक्तिप्रति ट्रम्प प्रशासनको प्रतिबद्धतालाई अघि बढाउने हिस्साका रूपमा’ कर्मचारीहरूले उनीहरूका प्रबन्धकलाई पनि सीसीमा राख्दै इमेल गरेर गत साता उनीहरूले गरेका कामको विवरण मागिएको जनाएको छ । यसमा आगामी कदम के हुन्छ भन्ने निर्णय ट्रम्प प्रशासनका निकायहरूले निर्धारण गर्ने पनि स्पष्ट पारेको छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया