टोकियो – होक्काइदोस्थित पार्कमा १० वर्ष मुनिका बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । होक्काइदोको होकुटो शहरमा ४१ वर्षीय पुरुषलाई पार्कमा यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार गरिएको हो ।
प्रहरीका अनुसार, घटना गत वर्ष अगस्ट ४, २०२४ को दिन दिउँसो करिब २:३० बजे भएको हो । घटनाको समयमा बालिका पार्कमा एक्लै खेलिरहेकी थिइन् । आरोपी र बालिका एक अर्कालाई चिन्दैनथे ।
घटनापछि बालिका शारीरिक रूपमा घाइते भएकी छैनन् । घटनाको खुलासा बालिकाले आफ्नी आमालाई एउटा अपरिचित व्यक्तिले उनलाई यौन दुर्व्यवहार गरेको बताएपछि भएको हो । बालिकाकी आमाले तुरुन्तै प्रहरीलाई जानकारी दिइन् ।
पुलिसले सुरक्षा क्यामेराको फुटेज जाँच गरेपछि बुधबार आरोपीलाई गिरफ्तार गरेको थियो । आरोपीले आफूले गरेको आरोप स्वीकार गरेको बताइएको छ ।
samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.