Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – नेपालले युरोपियन युनियन (ईयू) को हवाई सुरक्षा कालोसूचीमा परेको अवस्थालाई ध्यानमा राख्दै रणनीतिक कदम चाल्न थालेको छ । आवश्यक सुरक्षा मापदण्ड पूरा गर्दा पनि ईयूले नेपाललाई सूचीबाट हटाउन आनाकानी गरेपछि नेपालले युरोपमा निर्मित जहाज तथा हेलिकोप्टर आयातमा रोक लगाउने नीति अँगालेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यो कदम स्वरुप नेपाल नागरिक उड्डयन प्राधिकरणले माउन्टेन हेलिकोप्टरद्वारा प्रस्तावित एटीआर हेलिकोप्टरको आयात अनुमति अस्वीकृत गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार पछिल्ला हवाई दुर्घटनाहरूमा एटीआर जहाज संलग्न रहेको पाइएकाले सुरक्षाका कारण यो निर्णय गरिएको हो । उनले थपे, ‘नेपालमा अब तत्काल एटीआर हेलिकोप्टरको आयात रोकिनेछ । जहाजको प्रदर्शन मूल्यांकनपछि थप निर्णय गरिनेछ ।’

नेपालमा हालसम्म ११० वटा हवाई दुर्घटना भइसकेका छन्, जसमा ९६५ जनाले ज्यान गुमाएका छन् । यीमध्ये ४१ वटा हेलिकोप्टर दुर्घटनाहरू रहेका छन्, जसमा प्रायः एयरक्राफ्टकै समस्या देखिएको छ ।

सन् २०१३ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) ले नेपाललाई ‘सिग्निफिकेन्ट सेफ्टी कन्सर्न’ (एसएससी) सूचीमा राखेपछि, ईयूले समेत नेपाललाई कालोसूचीमा राखेको थियो । यद्यपि, नेपालले सुधारका विभिन्न पहल गर्दै सन् २०१७ मा आईकाओको सूचीबाट हट्न सफल भयो।  तर, ईयूले भने आठ वर्ष बितिसक्दा पनि नेपाललाई उडान सुरक्षासम्बन्धी सूचीबाट हटाएको छैन ।

ईयूले नेपाल नागरिक उड्डयन प्राधिकरणको संरचनात्मक परिवर्तनलाई जोड दिँदै कालोसूचीबाट हटाउने सर्त राखेको नेपाल पक्षले महसुस गरेको छ । नेपालले सुधारका प्रयास गर्दै कर्मचारी व्यवस्थापन प्रणालीमा सुधार ल्याएको भए पनि ईयूले अझै नयाँ सर्तहरू राख्ने क्रम जारी राखेको छ ।

युरोपबाट जहाज आयातमा रोक लगाउने तयारीसँगै, नेपाल सरकार अन्य अन्तर्राष्ट्रिय विमान निर्माताहरूबाट विकल्प खोज्ने योजनामा छ। नेपालमा हाल ३४ वटा हेलिकोप्टरमध्ये ३० वटा एटीआरका छन्, जो मुख्यत: युरोपियन कम्पनीका हुन् । त्यस्तै, ६० वटा विमानमध्ये अधिकांश एयरबसका छन् । बुद्ध एयरसँग १८, यती एयरसँग ७ वटा एटीआर विमान छन् ।

नागरिक उड्डयन प्राधिकरणले सुरक्षित तथा लागतमा सुलभ रहेका अन्य विकल्पहरूलाई प्राथमिकता दिन वायुसेवा कम्पनीहरूलाई सल्लाह दिएको छ । सूचना अधिकारी भूलका अनुसार, ‘नेपाललाई आर्थिक रूपमा किफायती तथा सुरक्षाको दृष्टिकोणले भरपर्दो जहाज ल्याउन खुला गर्न लागिएको हो । बोइङ वा अन्य गैर-युरोपियन विमान निर्माता कम्पनीका जहाजहरू आयात गर्न प्रोत्साहन गर्ने नीति निर्माण भइरहेको छ ।’

नेपालले आफ्नो हवाई सुरक्षालाई सुदृढ पार्दै अन्तर्राष्ट्रिय हवाई मापदण्डअनुसार सुधार गर्दै आएको छ। तर, ईयूले थप सर्तहरू राख्दै नेपाललाई कालोसूचीबाट हटाउन आनाकानी गरेपछि, नेपालले आफ्नै हवाई नीतिमा परिवर्तन ल्याउँदै अन्य विकल्पहरूको खोजी गर्न थालेको छ । यो रणनीतिले नेपालको हवाई सुरक्षालाई अझ मजबुत बनाउने र अन्तर्राष्ट्रिय उड्डयन मापदण्ड अनुरूप सुधार गर्ने विश्वास गरिएको छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया