Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – नेपालबाट जापानमा केअरगिभरको रूपमा रोजगारीको अवसरबारे विभिन्न व्यवसायीहरूले व्यापक प्रचारप्रसार गरिरहेका छन् । केही निजी क्षेत्रका कम्पनीहरूले यस विषयमा समझदारीपत्रमा हस्ताक्षर गरेका छन्, जसले नेपाली युवाहरूलाई जापानमा काम गर्ने अवसर प्रदान गर्ने सम्भावना देखाएको छ । तर, सरकारी तवरबाट संस्थागत रूपमा केअरगिभर पठाउने कुनै आधिकारिक प्रक्रिया अझैसम्म सुरु भएको छैन ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीका अनुसार जापानमा नेपाली कामदारलाई ‘स्पेसिफाइड स्किल्ड वर्कर’ (एसएसडब्ल्यू) भिसाअन्तर्गत पठाउने एक व्यवस्थित कार्यविधि निर्माण भइरहेको छ । उनले अहिलेको अवस्थामा कसैले संस्थागत रूपमा केअरगिभर पठाउने प्रचार गरेमा कारबाही हुने चेतावनी दिएका छन् ।

जापानमा विशेष गरी जेष्ठ नागरिकहरूको हेरचाहका लागि केअरगिभरहरूको उच्च माग रहेको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार सन् २०२८ सम्ममा जापानलाई १ लाख ३५ हजार नर्सिङ केअर जनशक्ति आवश्यक पर्नेछ, भने सन् २०४० सम्म यो सङ्ख्या २८ लाख पुग्ने अनुमान गरिएको छ ।

सन एन्ड कम्पनी रिक्रूट्मन्टका अध्यक्ष विज्ञान प्रधानका अनुसार जापानमा अहिले केअरगिभरको माग उच्च रहेको छ । ‘जापानमा अहिले नै केअरगिभरको चरम अभाव छ । यदि हामीले अहिले यो अवसर उपयोग गर्न सकेनौँ भने जापान नेपाली कामदारको प्रतीक्षामा बस्ने छैन,’ उनले भने ।जापानको विदेश मन्त्रालयका अनुसार एसएसडब्ल्यू भिसा सन् २०१९ देखि लागू भएको हो, जसअन्तर्गत १६ वटा औद्योगिक क्षेत्रमा दक्ष कामदारलाई जापानमा रोजगारीको अवसर दिइन्छ ।

केअरगिभरका लागि एसएसडब्लू भिसा लिन नेपाली भाषा परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ, जसमा जेएफटीमा एटू वा जेएलपीटीमा एनफोर स्कोर आवश्यक हुन्छ। त्यसपछि अनलाइन परीक्षा पास गरी तीन महिनासम्म अनिवार्य तालिम लिनुपर्ने हुन्छ । व्यवसायीहरूका अनुसार केअरगिभरका रूपमा जापान पुग्ने नेपालीहरूले मासिक दुई लाख रुपैयाँजति तलब पाउने सम्भावना छ ।

नेपाल सरकारले एसएसडब्ल्यू प्रणाली अन्तर्गत नेपाली कामदारलाई पठाउने प्रक्रिया अघि बढाए पनि यसबारे कार्यविधि टुंगो लाग्न बाँकी रहेको मन्त्री भण्डारीले बताएका छन् । ‘हामीले परराष्ट्र मन्त्रालयमार्फत कार्यविधि जापान पठाएका छौँ । उताबाट निर्णय आएपछि मात्र औपचारिक रूपमा प्रक्रिया अघि बढ्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया