Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

टोकियो – केही पुस्ताअघि मात्र जापानमा अधिकांश विवाहित महिलाहरू गृहिणी हुने गर्थे । तर अहिलेको समयमा यो चलन परिवर्तन भइसकेको छ । आधुनिक दुलहीहरू मात्र होइन, आमा बनेका महिलाहरू पनि कार्यक्षेत्रमा सक्रिय रूपमा काम गरिरहेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

त्यसैले आजको सन्दर्भमा विवाहित महिलाहरू पनि कामकाजी भएको अवस्थामा, जापानी अनलाइन पोर्टल Minna no Ranking ले एउटा रोचक प्रश्न उठायो- ‘पत्नीको रूपमा कुन-कुन पेशा सबैभन्दा आकर्षक लाग्छ ?’

यस सर्वेक्षणलाई Minna no Ranking वेबसाइटमार्फत संचालन गरिएको थियो । जम्मा ७६५ जना प्रयोगकर्ताहरूले फेब्रुअरी १० सम्म प्रतिक्रिया दिएका थिए । उत्तरदाताहरूलाई विभिन्न पेशाहरूको सूची दिइएको थियो, जसमा उनीहरूले १ देखि १०० अंक तोक्न सक्थे । त्यसपछि, औसत अंकको आधारमा पेशाहरूको र्‍याङ्किङ तय गरिएको थियो ।

यद्यपि यो सर्वेक्षण विशेष रूपमा पुरुषहरूका लागि गरिएको थियो, मतदान सबैका लागि खुला रहेको देखिन्छ । अब, हेरौँ ‘विवाह गर्न चाहने महिलाका पेशा’ सम्बन्धी शीर्ष ५ स्थानमा परेका पेशाहरू ।

५) सेफ (औसत स्कोर: ६५.५/२४ जनाको मत)
भनिन्छ, ‘पुरुषको मुटु उनको पेटबाट जान्छ’, र सेफ (शेफ) भएकी महिला त खानाको माध्यमबाट सोझै उनको प्रेमतर्फ पुग्न सक्छिन् ! एक उत्तरदाताले भने,  ‘यदि उनी कामकै लागि खाना बनाउँछिन् भने, उनले घरमा पनि राम्रो खाना बनाउनेछिन् भन्ने लाग्छ । विभिन्न परिकार बनाउन सक्ने भएकाले खानपान रमाइलो हुने निश्चित छ ।’

४)पोषणविद्/डाइटिसियन (औसत स्कोर: ६६.२/४० जनाको मत)
‘विवाहपछि पोषण र स्वास्थ्यलाई अझ बढी गम्भीर रूपमा लिनुपर्छ,’ एक पुरुष उत्तरदाताले भने, ‘यदि मेरी श्रीमती पोषणविद् छिन् भने, उनले सन्तुलित र स्वास्थ्यवर्द्धक खाना बनाउन सक्नेछिन् ।’ अर्का उत्तरदाताले दीर्घकालीन सोच राख्दै भने, ‘पोषणविद् पत्नी भएमा भविष्यका बच्चाहरू पनि स्वस्थ खाना खान सक्नेछन् ।’

३) फार्मासिस्ट (औसत स्कोर: ७२.५/६२ जनाको मत)
फार्मासिस्ट पेशा धेरैले ‘बौद्धिक, स्थिर र कम तनावपूर्ण’ भएको रूपमा हेरेका छन् । यो पेशा ‘उच्च आय’ दिने भएकाले आकर्षक मानिएको छ । साथै,’चिकित्सक र नर्सहरूको जस्तो तनावपूर्ण कार्यघण्टा हुँदैन’भन्ने कारणले पनि लोकप्रिय छ ।

२) बालशिक्षिका/प्रिस्कूल टीचर (औसत स्कोर: ७२.६/६६ जनाको मत)
बालशिक्षिकाहरू ‘मायालु, दयालु र धैर्यवान’ हुन्छन् भन्ने धेरैको धारणा छ । एक उत्तरदाताले भने, ‘म साना बच्चाहरूसँग धेरै अन्तरक्रिया गरेको छैन, त्यसैले बच्चा हुर्काउने बारे निर्णय गर्न मलाई विश्वस्त महसुस हुँदैन । तर यदि मेरी पत्नी बालशिक्षिका छिन् भने, उनले राम्रो सल्लाह दिन सक्नेछिन्।’

१) नर्स (औसत स्कोर: ७४.९/११९ जनाको मत)
यस सर्वेक्षणमा सबैभन्दा आकर्षक मानिएको पेशा ‘नर्स’ हो ।

  • उच्च तलब हुने भएकाले, दाम्पत्य जीवन आर्थिक रूपमा स्थिर बन्न सक्छ ।
  • स्वास्थ्यकर्मी सधैँ मागमा रहने भएकाले रोजगारको सुरक्षासमेत हुन्छ ।
  • नर्सहरू दयालु, बौद्धिक र मानसिक रूपमा बलियो हुने विश्वास गरिन्छ ।

एक पुरुष उत्तरदाताले भने, ‘यदि मैले हात काटेँ वा लडेर चोट लाग्यो भने, मेरी पत्नी नर्स भएमा फ्लोरेन्स नाइटिङ्गेल जस्तै माया गरेर मेरो उपचार गर्लिन् ।’

यो सर्वेक्षण सैद्धान्तिक रूपमा गरिएको थियो, जसले वास्तविक प्रेम-सम्बन्धभन्दा आदर्श कल्पनालाई झल्काउँछ । त्यसैले, यी पेशाहरूमा संलग्न सबै महिलाहरूले स्वचालित रूपमा विवाहको लागि ‘योग्य’ भइहाल्छन् भन्ने होइन । तर पुरुषहरूले पत्नीको रूपमा ‘दयालु, बुद्धिमान, स्वास्थ्यप्रद जीवनशैली अपनाउने र परिवारको हेरचाह गर्न सक्ने’ महिलाहरूलाई प्राथमिकता दिने देखिन्छ ।

तपाईको प्रतिक्रिया