Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

काठमाडौं – फिल्म निर्माता छविराज ओझासँग सम्बन्ध बिच्छेद गरेकी अभिनेत्री शिल्पा पोखरेल सन्न्यासी बनेकी छन् । उनले ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुणको हातबाट ओशोको सन्न्यास दीक्षा ग्रहण गरेकी हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनले सन्न्यास दीक्षा लिएको अभिनेत्री तथा ओशो सन्न्यासी सोभिता सिम्खडाले सामाजिक सञ्जालमार्फत खुलाएकी छन् । उनले ओशो परिवारमा शिल्पालाई स्वागत गर्दै लेखेकी छन्,’नायिका शिल्पा पोखरेलले ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुणको हातबाट ओशोको नवसन्न्यास दीक्षा ग्रहण गरी माँ प्रेम हाँस्या बनेकोमा अत्यन्त हर्षित छु । अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी उज्यालो भविष्यतर्फ डोरयाओस र आध्यात्मिक यात्राले नयाँ अर्थ प्रदान गरोस् धेरै धेरै शुभकामना ।’

चलचित्र ‘लज्जा’बाट अभिनय सुरु गरेकी शिल्पाले नौवटा चलचित्रमा अभिनय गरिसकेकी छन् । उनको पछिल्लो फिल्म ‘भिलेन’ सात वर्षअघि प्रदर्शन भएको थियो । शिल्पा पूर्वपति छविराज ओझासँगको सम्बन्धका कारण चर्चामा थिइन् । एक महिनाअघि मात्र उनीहरू कानूनी रूपमा अलग भएका थिए । छविराजबाट पाँच करोडको घर लिएको खबर सार्वजनिक भए पनि शिल्पाले त्यसलाई अस्वीकार गरेकी छन् । ***

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया