टोकियो – टोकियो र ओसाका जोड्ने टोकैदो शिंकानसेन लाइनमा सञ्चालन हुने डिज्नी-थीमयुक्त बुलेट ट्रेन सोमबार जापानको केन्द्रीय क्षेत्रमा सञ्चारमाध्यमलाई सार्वजनिक गरिएको छ । ‘फ्रोजन’ लगायत चर्चित चलचित्रका पात्रहरूले सजाइएको उक्त ट्रेन यसै साताको शुक्रबारदेखि सेप्टेम्बर मध्यसम्म सञ्चालनमा आउनेछ ।
‘वन्डरफुल ड्रिम्स शिंकानसेन’नाम दिइएको यो विशेष रेल टोकियो डिज्नीसीको ‘फ्यान्टासी स्प्रिङ्स’ क्षेत्रबाट प्रेरित रहेको छ । जापान रेलवे (JR) सेन्ट्रल र टोकियो डिज्नील्याण्ड तथा डिज्नीसी सञ्चालन गर्ने ओरिएन्टल ल्याण्ड कम्पनीका अनुसार, यो ट्रेन टोकियो र शिन-ओसाका स्टेशनहरूबीच नियमित रूपमा सञ्चालन हुनेछ ।यस विशेष रेलमा डिज्नी चलचित्र ‘ट्याङ्गल्ड’को गीतको धुन यात्रुहरूले सुन्न सक्नेछन् । शिजुओका प्रान्तको हमामात्सुमा आयोजित सार्वजनिक समारोहमा JR सेन्ट्रलका अध्यक्ष शुन्सुके निवाले डिज्नी थीम पार्क जाने यात्रुहरूले सपनाजस्तै अनुभव गर्ने आशा व्यक्त गरे । सोही समारोहमा ओरिएन्टल ल्याण्डका अध्यक्ष केन्जी योशिदाले यो विशेष रेलमार्फत यात्रुहरूले आफ्नो यात्रालाई अझ स्मरणीय बनाउन सक्ने बताए ।