टाेकियाे – Meta ले Project Waterworth नामक एक महत्वाकांक्षी ५०,००० किमी लामो समुद्री केबल प्रणाली निर्माण गर्ने योजना घोषणा गरेको छ, जुन विश्वकै सबैभन्दा लामो केबल बन्नेछ । यो पूर्वाधार परियोजनाले अमेरिका, भारत, ब्राजील, दक्षिण अफ्रिका र अन्य क्षेत्रमा जडान गरेर वैश्विक कनेक्टिविटीलाई थप मजबुत बनाउन लक्ष्य राखेको छ । २४ वटा फाइबर जोडीहरूसहित डिजाइन गरिएको यस प्रणालीले अत्यधिक डाटा क्षमता प्रदान गर्नेछ, जसले Meta का कृत्रिम बुद्धिमत्ता (AI) आधारित सेवाहरूलाई सहयाेग गर्ने र मुख्य बजारहरूमा डिजिटल समावेशिता र आर्थिक वृद्धिमा योगदान पुर्याउने छ ।
Meta ले एक दशकभन्दा बढी समयदेखि समुद्र मुनि केबल निर्माणका क्षेत्रमा नेतृत्व गर्दै आएको छ र २० भन्दा बढी यस्ता परियोजनामा सहकार्य गरेको छ । विश्वभरको इन्टरनेट ट्राफिकको अधिकांश हिस्सा यस्ता केबलहरूमा निर्भर रहने भएकाले सुरक्षा सम्बन्धी चिन्ताहरू बढ्दै गएका छन्, विशेष गरी भू-राजनीतिक तनाव बढेसँगै । यस सन्दर्भमा, NATO ले समुद्री पूर्वाधारको निगरानी बढाएको छ भने युकेले आफ्नो समुद्र मुनि नेटवर्कलाई सम्भावित खतराबाट बचाउन थप सुरक्षा उपायहरूको पुनः मूल्यांकन गर्दैछ ।
Meta ले केबलका केही खण्डहरू ७,००० मिटर गहिराइमा राख्ने र उच्च जोखिम क्षेत्रहरूमा विशेष प्रविधिहरू अपनाउने योजना बनाएको छ, जसले सम्भावित जोखिमहरूलाई न्यून बनाउँछ । यो निर्णय टोंगामा समुद्र मुनि केबलको क्षतिका कारण आएको डिजिटल ब्ल्याकआउटको घटनाबाट प्रेरित भएको हो । यस्तै, Meta को Facebook र Instagram मा तथ्य जाँच घटाउने निर्णयले आलोचना र बहस निम्त्याएको छ, जसले कम्पनीको बढ्दो डिजिटल प्रभावका दीर्घकालीन असरहरूको प्रश्न उठाएको छ । ऐजेन्सीको सहायोगमा ***