Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

बेल्जियम – नेपालमा सशस्त्र माओवादी युद्ध सुरु भएको ३० वर्ष पुगेको अवसरमा नेपाली जनप्रगतिशील मञ्च तथा जनप्रगतिशील मोर्चा, बेल्जियम द्वारा शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरी यो ऐतिहासिक क्षणलाई सम्झना गरिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

शहीदहरूको सम्झनामा एक मिनेट मौन धारण गर्दै सुरु गरिएको कार्यक्रममा जनयुद्धका उपलब्धिहरू, परिवर्तनका सम्भावना, र समसामयिक राजनीतिक परिप्रेक्ष्यबारे गहन छलफल गरिएको थियो । कार्यक्रममा उपस्थित अतिथि तथा प्रमुख अतिथिहरूले माओवादी आन्दोलनका विभिन्न पक्षहरूको समीक्षा गरेका थिए ।

जनप्रगतिशील मञ्च बेल्जियमको उपाध्यक्ष मनिष गुरुङले उपस्थितहरूको स्वागत गर्दै, जनयुद्ध दिवसको दिन नेपाली जनताले न्याय र समानताको लागी संघर्ष गरेको दिनका रुपमा चित्रण गरेका थिए । ‘एउटा भरुवा बन्दुकबाट सुरु गरिएको युद्धले यति विशाल रूप लिन्छ भनेर कसैले सोचेका थिएनन्, तर जनता एकजुट भएर लाग्यो, कैयौँ सहिद भएर गए, उहाँहरूको सम्मानका जनयुद्ध दिवस विशेष हो,’ उनले भने

कार्यक्रममा जनप्रगतिशील मञ्च बेल्जियमकी महासचिव कल्पना मगरले माओवादी आन्दोलनका उपलब्धिहरूको चर्चा गर्दै भनिन्, ‘जनयुद्धले ल्याएको संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै यसको मूल्य र मान्यता स्थापित गर्दै जानु जरुरी छ ।’

त्यसैगरी, जनप्रगतिशील मोर्चा युरोपमा सल्लाहकार विष्णु भुजेलले माओवादी आन्दोलनले सामाजिक समानता, न्याय, लैङ्गिक तथा वर्गीय विभेद हटाउन महत्वपूर्ण भूमिका खेलेको बताए । ‘हामीले अब श्रम र उत्पादनमा संगठन, नेतृत्व र कार्यकर्ता सबैलाई जोडेर लैजान सक्नु पर्छ,’ उनले भने, ‘पार्टी छाडेको दिन बिचल्ली हुने अवस्था आउन दिनु हुँदैन ।’कार्यक्रममा बोल्दै जनप्रगतिशील मञ्च, युरोपका सल्लाहकार लोक दाहालले माओवादी आन्दोलन नेपाली इतिहासको एक महत्वपूर्ण परिघटना भएकाले प्रवासी नेपाली समुदायलाई पनि नेपालको इतिहास, राजनीति, र भविष्यप्रति अझ बढी जिम्मेवार बन्न आवश्यक रहेको बताएका छन् ।

जनप्रगतिशील मञ्च, युरोपका अध्यक्ष चित्र सुवेदीले माओवादी जनयुद्ध नेपाली जनताको मुक्तिका लागि भएको ऐतिहासिक संघर्ष रहेको बताए । उनले थपे, ‘यसले राजनीतिक, सामाजिक, र आर्थिक रूपान्तरणको आधार तयार गर्‍यो । अब हामीले यी उपलब्धिहरूलाई संस्थागत गर्दै वर्गीय मुक्तिको यात्रालाई अझ सशक्त बनाउनुपर्छ ।’

कार्यक्रममा जनप्रगतिशील मञ्च, युरोपका सल्लाहकार सुरेन्द्र भुसालले भने, ‘जनयुद्धले स्थापित गरेका मूल्य र मान्यताहरूलाई कमजोर पार्ने प्रयासहरू भइरहेका छन् । परिवर्तनलाई संस्थागत गर्दै समाजवादको दिशामा अघि बढ्न संगठित राजनीति अपरिहार्य छ । प्रवासी नेपालीहरूले पनि यस यात्रामा सक्रिय भूमिका खेल्नुपर्छ ।’कार्यक्रमको अध्यक्षता गरेका जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्ष प्रकाश पौड्यालले, जनयुद्धले देखाएको मार्गनिर्देशनलाई सही दिशामा लैजान, विचार, संगठन र संघर्षलाई अझ सशक्त बनाउन आवश्यक रहेको बताएका छन् । प्रवासी भूमिमा रहेर पनि परिवर्तनको अभियानलाई निरन्तरता दिनु पर्नेमा उनको जोड रहेको छ ।

शुभकामना आदानप्रदान कार्यक्रममा जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष बदन योगंहागं, जनप्रगतिशिल मोर्चा युरोप सल्लाहकार राम गुरुङ, जनप्रगतीशील मञ्च युरोप सल्लाहकार कृष्ण पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । बेल्जियम, पोर्चुगल लगायत अन्य देशहरूबाट आएका करिब दुई दर्जन भन्दा धेरै शुभेच्छुक तथा मोर्चा र मञ्चका सदस्यहरूको सहभागिता रहेको उक्त कार्यक्रम जनप्रगतीशील मोर्चाका अध्यक्ष मेख गुरुङले सञ्चालन गरेका हुन् ।

तपाईको प्रतिक्रिया