Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडाभन्दा कडा आप्रवासन नीतिले टेक्ससका नेपाली विद्यार्थीहरूलाई ठूलो असर पारेको छ । गैरकानुनी आप्रवासीलाई निष्कासन गर्ने योजना लागू भएपछि हजारौँ व्यवसायिक फर्महरूमा प्रहरीले छापा मारिरहेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यस नीतिको प्रत्यक्ष प्रभावस्वरूप टेक्ससका करिब तीन हजार नेपाली विद्यार्थी रोजगारी गुमाएर कठिन अवस्थामा पुगेका छन् । कानुनी रूपमा बसोबास गर्ने र वैध कार्यअनुमति (वर्क पर्मिट) भएका व्यक्तिहरू मात्र सुरक्षित छन्, भने अरूलाई प्रहरीले पक्राउ गर्ने, चेतावनी दिने र कतिपयलाई निष्कासनसमेत गर्ने कार्य भइरहेको छ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाका अनुसार हाल अमेरिकाभर करिब ५० हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । विशेषगरी टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका विद्यार्थीहरूका लागि दैनिक भोजन जुटाउन समेत मुस्किल भइरहेको छ ।

यस संकटलाई मध्यनजर गर्दै नेपाली सामाजिक अभियन्ताहरूले प्रभावित विद्यार्थीहरूका लागि खाद्यान्न संकलन अभियान चलाइरहेका छन् । नेपाली समाज टेक्ससका महासचिव विजय भुसालका अनुसार, विद्यार्थीहरूलाई चामल, दाल, तेल, नुन, चना जस्ता अत्यावश्यक खाद्य सामग्री उपलब्ध गराउन पहल गरिएको छ ।

हालसम्म ७०० भन्दा बढी विद्यार्थीले राहत सामग्री प्राप्त गरिसकेका छन् । जसका लागि सवारी साधन भएका विद्यार्थीहरूले नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र युलेशबाट खाद्यान्न लिन सक्छन्, भने सवारी नभएकाहरूका लागि प्रत्यक्ष रूपमा उनीहरूको निवासमा सामग्री पुर्याउने व्यवस्था मिलाइएको छ ।

तपाईको प्रतिक्रिया