Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – जापानको सिजुओका सहरमा ‘बिरुपाकु’ नामक पहलले खाली व्यावसायिक भवनहरूलाई सुविधाजनक अतिथि आवासमा रूपान्तरण गर्दै स्थानीय पर्यटन प्रवर्द्धन तथा आर्थिक पुनरुत्थानमा योगदान पुर्‍याइरहेको छ । ‘बिरुपाकु’नाम जापानी शब्द ‘बिल्डिङ’ (भवन) र ‘पाकु’ (आवास)को संयोजन हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यो अवधारणा अन्तर्गत, खाली व्यावसायिक ठाउँहरूलाई आधुनिक अतिथि कक्षमा परिणत गरिन्छ । यद्यपि, परम्परागत होटेलहरू जस्तो सेवा नदिई, बिरुपाकुले पाहुनाहरूलाई स्थानीय रेस्टुरेन्टमा खान प्रोत्साहित गर्दै समुदायसँगको अन्तरक्रिया बढाउने लक्ष्य राखेको छ ।

यो आइडिया सीएसए रियल इस्टेट कर्पोरेशनका अध्यक्ष ५३ वर्षीय ताकाहितो कोजिमाले अघि सारेका हुन् । जेआर सिजुओका स्टेशन वरपर कम्पनीका भाडामा नलागेका भवनहरू बढ्दै गएपछि उनले शहरी क्षेत्रको गिरावट रोक्न नयाँ उपायको खोजी गरे । सन् २०२० मा स्थानीय व्यापार संघसँग मिलेर सुरु गरिएको यो परियोजनाअन्तर्गत हालसम्म सात स्थानमा १२ वटा कोठा तयार पारिएका छन् । यी सबै कोठा स्टेशनबाट १५ मिनेटको पैदल दूरीभित्र पर्छन् र ३ देखि ७ जना पाहुनाहरूलाई सहज रूपमा राख्न सकिन्छ ।

बिरुपाकुका कोठाहरू प्रशस्त ठाउँ भएका, आधुनिक र सौन्दर्यपूर्ण डिजाइनसहितका हुन्छन् । केही कोठामा परम्परागत इन्शु कपडाबाट बनेका कुशन राखिएको छ, जुन सिजुओकाको पश्चिमी क्षेत्रमा बुनेका विशेष कपडाहरू हुन् । केही कोठाहरूमा ‘टामिया इन्क’ नामक चर्चित मोडल किट निर्माता कम्पनीका प्लास्टिक मोडलका भागहरू प्रदर्शन गरिएका छन् ।

बाहिरबाट साधारण देखिने यी भवनहरूभित्र आकर्षक सजावट देख्दा पाहुनाहरू आश्चर्यचकित हुने गरेको संचालकहरू बताउँछन् । ५७ वर्षीय चक्कु पसलका मालिक चिहारु नुमाता बिरुपाकु परियोजनाका साझेदारमध्येका एक हुन् ।

उनले आफ्नै भवनको तेस्रो तला र छत भाडामा दिएका छन् । ‘यदि कुनै भवन प्रयोगविहीन रह्यो भने त्यसको अवस्था बिग्रँदै जान्छ । म यसलाई राम्रो प्रयोजनमा ल्याउन सकेकोमा खुसी छु,’ नुमाताले भने, ‘पाहुनाहरू यहाँ बसेपछि मेरो पसलमा पनि आउने गर्छन्, जसले व्यवसायलाई अप्रत्याशित फाइदा पुगेको छ ।’

सिजुओका प्रान्तमा विश्वप्रसिद्ध माउन्ट फुजी र इजु प्रायद्वीप जस्ता लोकप्रिय पर्यटकीय स्थलहरू छन् । तर सिजुओका सहर पर्यटकहरूको प्राथमिक गन्तव्य बन्न सकेको छैन । सीएसए ट्राभल कर्पोरेशनकी ३७ वर्षीया मामी नाशिमोटो भन्छिन्, ‘धेरै पर्यटकहरू तोकाइदो शिन्कान्सेनमार्फत सिजुओका सहर पार गरेर जान्छन् । हामी चाहन्छौं कि उनीहरू यहाँ बसी केही समय बिताउन चाहून् ।’

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया