Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

टोकियो – टोकियोमा सम्पन्न World Max K-1 Championship मा नेपालका हिमालयन चितुवा भनेर चिनिने अविरल घिमिरेको ऐतिहासिक विजय हासिल गरेका छन् । किक बक्सिङ्ग प्रतियोगितामा जापानका प्रख्यात खेलाडी सिरासुलाई नेपाली खेलाडी अविरलले तेस्रो राउन्डको १ मिनेट १३ सेकेन्डमा पराजित गर्दै शानदार विजय हासिल गरेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हजारौं दर्शकको उपस्थितिमा विजयी बन्दै अविरलले नेपाली झण्डा फहराएका थिए । ऐतिहासिक जितपछि अविरलका प्रशिक्षक तथा पिता देव घिमिरेले नेपाली खेलाडीलाई माया र समर्थन गर्ने सबै नेपाली तथा जापानी समुदायलाई धन्यवाद व्यक्त गरेका छन् । उनले विशेष गरी हलसम्म आएर साथ, समर्थन, शुभकामना दिने पत्रकार, गुरु-चेला, अग्रज तथा अन्य खेलप्रेमीहरूप्रति आभार प्रकट गरे ।नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा उचो बनाउँदै अविरल घिमिरेले अक्टोबर २६ मा जापानको नागोयामा सम्पन्न किक बक्सिङ प्रतियोगितामा फ्रान्सका खेलाडीलाई पराजित गर्दै अर्को महत्वपूर्ण जित हासिल गरेका थिए । नागोयामा परिवारसँग बस्दै आएका अविरलले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हात पार्दै नेपालको गौरव बढाइरहेका छन् ।

यसअघि पनि उनले हिट ५३ को उपाधि रक्षा गर्दै लगातार चौथो पटक उपाधि जितेर नयाँ कीर्तिमान कायम गरेका थिए । हालसम्म उनले जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्ड लगायतका देशका बक्सरहरूलाई पराजित गरिसकेका छन् । अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान बनाउन सफल खेलाडीका रूपमा अविरललाई उच्च सम्मान गरिएको छ ।नियमित रूपमा सिमुरा डोजोमा प्रशिक्षण लिँदै आएका अविरल नागोयामा परिवारसँग बस्दै बक्सिङ खेलमा आफ्नो करियर अगाडि बढाइरहेका छन् । जापानमा व्यवसायिक किक बक्सिङ खेल्दै आएका उनले हालसम्म बक्सिङ्ग हिट प्रतियोगिताका १५ खेल जितिसकेका छन् ।

अविरलले आफ्नो सफलता पछाडिको कारण कडा मिहिनेत र नेपालीहरूको आशीर्वाद रहेको बताएका छन् । नेपाली खेलकुदको क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा उचो बनाउने आफ्नो लक्ष्य रहेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया