Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

काठमाडौं – जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने भएको छ । नेपाल र जापानका कम्पनीहरूले संयुक्त रूपमा सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ‘नेपाल-जापान सेवा आदान-प्रदान कार्यक्रम’अन्तर्गत २० हजार केयर गिभरलाई लैजाने घोषणा गरेको हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कार्यक्रमलाई प्रभावकारी बनाउन जापानका जेन्काउ रिसर्च इन्स्टिच्युटका, कोजाइ कोसन कर्पोरेसन प्रोग्रेसिभ स्टाफ एजेन्सी र नेपालका काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, सन एन्ड कम्पनी र सान्दिपनी ग्रुप अफ एजुकेसनका प्रतिनिधिहरूले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य सेवाका क्षेत्रमा जापानमा कामदार आवश्यक रहेकाले नेपालीलाई दक्ष बनाउँदै जापानको रोजगारीमा अवसर सिर्जना गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको सन्दिपनी ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक नरेश ओझाले जानकारी दिए । जापानको स्वास्थ्य सेवा क्षेत्रमा नेपालबाट पठाउने काम सन्दिपनीले गर्नेछ ।

१८ वर्षदेखि ४५ वर्षसम्मका व्यक्ति जापानको यस्तो रोजगारीमा जान योग्य हुनेछन् । जापानको केयरगिभिङ क्षेत्रमा जान चाहने नेपालीका लागि नर्सिङ विषयको अध्ययन अनिवार्य गरिएको छैन । जापानी भाषाको आधारभूत ज्ञान एन-फोर लेभलको भाषा परीक्षा उत्तीर्ण गरी तोकिएको सीप परीक्षणमा पास गरेका नेपालीहरू जापानको केयरगिभिङ क्षेत्रमा जान पाउनेछन् ।

भाषा परीक्षा र सीप परीक्षणमा उत्तीर्ण भएकाहरूलाई अन्तर्वार्तामार्फत जापानी कम्पनीले छनोट गर्ने पीएसएसका कार्यकारी निर्देशक चिजो मासुदाले बताए । यसरी छानिएकाहरूलाई नेपालमा नै केयरगिभरका लागि आवश्यक सूचनाप्रविधि र एआईलगायतका तालिम प्रदान गरिनेछ ।यसरी छानिएका नेपाली केयरगिभरलाई जापानी कम्पनी पीएसएस खाइगोले जापानका विभिन्न स्थानमा रोजगारी दिनेछ । जापानमा केयरगिभरको काम गर्नेहरूले मासिक दुई लाख जापानी येनसम्म आम्दानी गर्न सक्ने जानकारी दिइएको छ ।

कार्यक्रमले नेपालीहरूलाई जापानको रोजगारी मात्र नभएर नेपाली युवाहरूलाई अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा तालिम पनि प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको सान्दिपनीका कार्यकारी निर्देशक ओझाले जानकारी दिए ।

यसरी जापान जानेहरूले तीनदेखि पाँच वर्षसम्म रोजगारीको अवसर पाउनेछन् । त्यसपछि नेपाल फर्कन उनीहरूलाई प्रोत्साहन गरिनेछ । ‘जापानमा केयरगिभरको काम गरी नेपाल फर्किएका युवालाई नेपालमा नै केयरगिभिङ सेन्टर स्थापना गर्न प्रोत्साहन गरिनेछ,’ जापानमा विभिन्न कम्पनीहरूलाई कामदार उपलब्ध गराउँदै आएको ओझाले भने ।

यस कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवामा उपयोग हुने जापानमा विकसित उपकरणको उपयोगिता बढाउने पनि लक्ष्य राखिएको छ । सन्दिपनी ग्रुप अफ कम्पनीजले कार्यक्रमले नेपाली युवाहरूको पेशागत विकास, अन्तर्राष्ट्रिय अनुभव, र नेपाल-जापान सम्बन्ध विस्तारका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरेको छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया