Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – फ्रान्सको एउटा रेलवे स्टेसनमा लाउडस्पिकर अन गरेर फोनमा कुराकानी गरेको आरोपमा एक जनालाई २०७ अमेरिकी डलर जरिवाना गरिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

डेभिड नाम गरेका व्यक्तिले आइतबार पश्चिम फ्रान्समा रहेको नान्टेस स्टेसनमा रेललाई कुरिरहेका बेला लाउडस्पिकर अन गरेर फोनमा कुराकानी गरेका थिए । बहिनीसँग फोनमा कुराकानी गरिरहेका बेला आफूलाई फ्रान्सको सरकारी स्वामित्वमा रहेको रेल कम्पनीका एक सुरक्षाकर्मीले सोधपुछ गरेको डेभिडको भनाइ छ ।

‘एक सुरक्षाकर्मी आएर मलाई लाउडस्पिकर बन्द नगरे १५० यूरो जरिवाना गर्ने बताए,’ डेभिडले भनेका छन् । आफूले सुरुमा यसलाई मजाकको रूपमा लिएको उनको भनाइ छ । उनले घटनास्थलमा जरिवाना बुझाउन नसकेपछि जरिवाना बढाइएको थियो । पछि उनले २०० युरो अर्थात् २०७ अमेरिकी डलर जरिवाना बुझाउनुपरेको थियो । –सीएनएनबाट

तपाईको प्रतिक्रिया