Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली चलचित्रलाई ५१ दिन सफलतासहित प्रदर्शन गर्न गाह्रो भइरहेका बेला ‘पूर्णबहादुरको सारंगी’ ले १०० औँ दिन मनाएको छ। निर्माता विनोद पौडेलका अनुसार, यो चलचित्र १० वटा हलमा १०० दिन पुगेको छ।

१५ कात्तिकमा रिलिज भएको यो चलचित्र हालसम्म प्रदर्शन भइरहेकाले निर्माण पक्ष उत्साहित छ। काठमाडौँको सिटी स्क्वायर हल, रञ्जना सिनेप्लेक्स, बनेपाको शुभकामना सिनेमा, बुटवल र धरानसहित विभिन्न हलमा १०० दिन मनाइएको हो। यस अवसरमा दर्शकलाई २७ माघसम्म टिकट दर १०० रुपैयाँ तोकिएको थियो।

सरोज पौडेल निर्देशित चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, माओत्से गुरुङ, बुद्धि तामाङ लगायत कलाकारको अभिनय छ। यो चलचित्रले नेपालमा ४९ करोड र ओभरसिजमा २३ करोड गरी ७२ करोड रुपैयाँ कमाएर नेपाली चलचित्र इतिहासमै सबैभन्दा बढी आम्दानी गर्ने चलचित्र बनेको छ। यसैबीच, निर्माण पक्षले ‘पूर्णबहादुरको सारंगी २’ घोषणा गरेका छन्। तर निर्देशक सरोज पौडेल भने यसमा संलग्न नहुने बताइएको छ। उनी हाल ‘कोशेढुँगा’ चलचित्र निर्देशनको तयारीमा छन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया