Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – जन्मका आधारमा नागरिकता पाउने अधिकार अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकारी आदेशले व्यापक कानुनी चुनौती र आप्रवासी परिवारहरूमाझ गहिरो अनिश्चय निम्त्याएको छ । अमेरिकी संविधानको १४औँ संशोधनले विगत १६० वर्ष देखि यो देशमा जन्मिने जोकसैलाई पनि स्वतः अमेरिकी नागरिकताको सुनिश्चितता गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तर राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशले यसको व्याख्यामा परिवर्तन गर्न खोजेको छ । त्यसमा गैरकानुनी बाटोबाट अमेरिका पुगेका आप्रवासीका सन्तान तथा अस्थायी भिसामा अमेरिकामा रहेका आमाबाबुका सन्तानलाई यस्तो नागरिकता दिन अस्वीकार गर्ने प्रस्ताव छ । यो नीति सन् २०२५ को फेब्रुअरी १९ पछि जन्मिएका बालबालिकाका हकमा मात्रै लागु हुने र त्यसअघि जन्मिएकाहरूको हकमा लागु नहुने भनिएको छ । विश्वका अन्य देशमा कायम नागरिकता कानुनसँग यसको तुलना गर्दा के देखिन्छ ?

जन्मका आधारमा नागरिकता अर्थात् ‘भूमिको अधिकार’ विश्वभरिको अभ्यास चाहिँ होइन । आफ्नो भूभागभित्र जन्म भएका मानिसलाई स्वतः नागरिकता दिने अमेरिकी क्षेत्रका ३० देशहरूमध्ये एक संयुक्त राज्य अमेरिका पनि हो ।

यसको विपरीत एशिया, युरोप र अफ्रिकाका अन्य क्षेत्रमा रगतको नाताका आधारमा मात्रै नागरिकता दिइन्छ। यी देशहरूमा जन्मिएको स्थानभन्दा आफ्ना आमाबाबुका तर्फबाट वंशजका आधारमा मात्रै नागरिकता पाइन्छ । कतिपय अन्य देशहरूमा दुवै सिद्धान्तको अभ्यास पाइन्छ। यी देशहरूमा स्थायी बसोबास गरिरहेका आमाबावुका सन्तानलाई पनि नागरिकता दिइन्छ ।

सान डिएगोस्थित यूनिभर्सिटी अफ क्यालिफोर्निआका समाजशास्त्रका प्राध्यापक जोन स्क्रेन्ट्नी अमेरिकी महादेशका धेरैजसो देशमा जन्मका आधारमा नागरिकता दिइने अभ्यास रहेको बताउँछन् । ‘हरेक राष्ट्र र राज्यमा आफ्नै मौलिक प्रक्रिया छ,’ उनी भन्छन्, ‘उदाहरणका लागि केहीले पूर्वदासहरूलाई पनि यसमा समावेश गरेका छन्, केहीले छैनन् । इतिहास निकै जटिल छ ।’ –बीबीसी

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया