Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025
  • नेवाः अन्तर्राष्ट्रिय फोरम जापानले टोकियोमा ईही र केयता पूजा आयोजना गर्ने भएको हो ।

टोकियो – जापानको टोकियोमा नेवाःहरूकको सक्रिय संस्था नेवाः अन्तर्राष्ट्रिय फोरम जापानले आगामी मार्च १ तारिख शनिबार सामूहिक बेल विवाह (ईही) र व्रतबन्ध आयोजना गर्ने भएको छ । नेपालबाट नेवाः गुरुलाई जापान आमन्त्रण गरी यो पवित्र संस्कार सम्पन्न गराउन लागिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

संस्थाले यसअघि तीन पटक सामूहिक बेल विवाह (ईही) तथा एक पटक सामूहिक व्रतबन्ध (केयता पूजा) आयोजना गरिसकेको छ । संस्थाका नवनिर्वाचित अध्यक्ष रूपेश डंगोलका अनुसार, जापानमा नेवा: समुदायको बसोबास बढ्दै गएकाले नेवा: कला, संस्कृति, रीतिरिवाजको संरक्षण गर्ने तथा नयाँ पुस्तालाई चिनाउने र सिकाउने उद्देश्यले सन् २००३ मा यो संस्था स्थापना गरिएको हो ।

‘हाम्रो कार्यक्रमहरूमा गैर-नेवा: तथा जापानी समुदायको पनि उल्लेख्य सहभागिता रहने गरेको छ। हामीले वार्षिक रूपमा म्ह: पूजा, बुद्ध जयन्ती, क्वाटी पुन्ही जस्ता प्रमुख पर्वहरू आयोजना गर्दै आएका छौं, अध्यक्ष डंगोलले भने, ‘टोकियोमा आयोजना हुने नेपाल फेस्टिभलमा नेवारी नृत्य, झाँकी, लाखे नाचसमेत प्रस्तुत गर्दै आएका छौं ।’नेवारी परम्पराअनुसार छोरीहरूको पहिलो विवाह बेल सँग गरिन्छ, त्यसैले यसलाई बेल विवाह (ईही) भनिन्छ। यस वर्ष चौथो पटक सामूहिक बेल विवाह गरिने भएको छ । त्यस्तै, विवाहभन्दा अगाडि छोराहरूको व्रतबन्ध (केयता पूजा) गर्ने चलन रहेको छ, जसलाई दोस्रो पटक आयोजना गर्न लागिएको संस्थाका महासचिव शिव तण्डुकारले जानकारी दिए ।

जापानमा रहनुभएका नेवा: समुदायका अभिभावकहरू, जसले आफ्ना छोराछोरीको व्रतबन्ध वा बेल विवाह गराउन चाहनुहुन्छ, उनीहरूले संस्थाका पदाधिकारीहरूलाई सम्पर्क गरी नाम टिपाउनु पर्नेछ । पूजाका लागि आवश्यक सामग्री आयोजक संस्थाले तयार गरिदिनेछ र यो सबै नेपालबाट मगाउनु पर्ने भएकाले नाम टिपाउने अन्तिम मिति फेब्रुअरी २४ तोकिएको छ । पूजा समापन पछि नेवारी भोजको पनि व्यवस्था गरिनेछ ।

थप जानकारीका लागि सम्पर्क:
मोबाइल नम्बर:- ०८०-६५५५-६६६७ / ०८०-३२५९-६००२ / ०७०-१२११-१५०२ / ०८०-४३२३-३२०१

तपाईको प्रतिक्रिया