Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टाेकिया – कानागावा प्रदेशका गभर्नर कुरोइवा युजीले आज कानागावा प्रदेशमा विगत १० वर्षदेखि स्थानिय विकास तथा नीति तर्जुमा सम्बन्धी सल्लाहकारको रूपमा काम गरिरहेका जिज्ञान कुमार थापासँग औपचारिक भेटवार्ता गरेकाछन् । भेटका अवसरमा गभर्नरले थापाको उल्लेखनीय योगदानको कदर गर्दै, उनको अथक प्रयास प्रति हार्दिक कृतज्ञता व्यक्त गरे ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

साे अवसरमा गभर्नर कुरोइवाले भने “जिज्ञान थापाको विशेषज्ञताले क्षेत्रीय विकास मात्र नभई कानागावा प्रदेशको अन्तर्राष्ट्रियकरण प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेलेको छ। जापानमा बसोबास गर्ने नेपाली समुदायको विस्तारसँगै नेपाली संस्कृतिको प्रवर्द्धन तथा नेपालको पहिचानलाई उच्च बनाउन उहाँले पुर्‍याउनु भएको योगदान अत्यन्त सराहनीय छ।”

त्यस्तै गभर्नरले थापाको जापान प्रतिको गहिरो बुझाइ, व्यापक अनुभव तथा जापानी सरकारी संयन्त्रसँगको घनिष्ठ सम्बन्धले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाएको उल्लेख गर्दै, सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा कानागावा प्रिफेक्चरले विशेष कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए ।

यस अवसरमा थापाले कानागावा प्रदेशको नीति तर्जुमा प्रक्रियाबाट सिकेका अनुभवहरू नेपालको विकासका लागि अपरिहार्य रहने उल्लेख गर्दै, विभिन्न भूमिकामा रहेर जापानमा हासिल गरेको ज्ञान र अनुभवलाई नेपालको समृद्धिमा उपयोग गर्न निरन्तर प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे । साथै सल्लाहकारको कार्यकाल समाप्त भएपश्चात पनि, नेपाल सरकार, नेपाली राजदूतावास तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने आफ्नो लक्ष्य रहेको बताए ।

भेटवार्ताको क्रममा थापाले हालै प्रकाशन गरेको पुस्तक “जापान: सपना, संघर्ष र सफलता” तथा त्यसको जापानी अनुवाद गरिएको डाइजेस्ट संस्करण गभर्नरलाई उपहारस्वरूप प्रदान गरेका थिए ।

उक्त भेटवार्ता कानागावा प्रिफेक्चरको गभर्नर कार्यालयमा सम्पन्न भएको थियो । जसमा नीति तर्जुमा महाशाखाका प्रमुख लगायत अन्य विशिष्ट श्रेणीका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

कानागावा प्रान्तिय सरकारको नियमअनुसार, सल्लाहकार पदको अधिकतम कार्यकाल १० वर्ष रहेकाले थापा आगामी मार्च ३१ बाट पदमुक्त हुनेछन् । ***

तपाईको प्रतिक्रिया