समाचार सुन्नुहोस :
काठमाडौँ – जापानी राजदूतावास र जापान फाउन्डेसनको संयुक्त आयोजनामा ‘जापानी फिल्म फेस्टिभल २०२५’ आजबाट सुरू हुँदैछ। फेस्टिभलको उद्घाटन काठमाडौँको राष्ट्रिय नाचघर, जमलमा आज (जनवरी ३१) हुने भएको छ। फेस्टिभल काठमाडौँमा फेब्रुअरी १ सम्म सञ्चालन हुनेछ भने फेब्रुअरी ७ र ८ मा पोखराको गैरापाटनस्थित पोखरा उद्योग वाणिज्य संघमा आयोजना गरिनेछ।
चार दिनसम्म चल्ने फेस्टिभलमा जापानका १० फिल्महरू प्रदर्शन गरिनेछन्। काठमाडौँमा ‘ब्रेभ फादर अनलाइनः आवर स्टोरी अफ फाइनल फन्टासी एक्सआइभी,’ ‘आईटीओ,’ ‘ड्रिमिङ अफ द मेरिडियन आर्क,’ ‘लु ओभर द वाल,’ र ‘द फिश टेल’ देखाइनेछ। पोखरामा भने ‘तकानो तोफु,’ ‘होयर आइ बिलङ,’ ‘एन्ड सो द बटोन इज पास्ड,’ ‘कि अफ लाइफ,’ र ‘द लाइन द् याट डिफाइन मि’ प्रदर्शन गरिनेछ।
यस फिल्म फेस्टिभलमा प्रवेश निशुल्क रहेको छ।