Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

काठमाडौं – नेपाल उडानका क्रममा हङकङको ध्वजावाहक क्याथे प्यासिफिकको विमानका यात्रु बिरामी परेका छन् । नेपाल-हङकङ उडानका क्रममा ३६ यात्रु बिरामी परेपछि अनुसन्धान सुरू गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

धेरैमा फुड पोइजनको समस्या देखिएपछि हङकङस्थित स्वास्थ्य अधिकारीहरूले उक्त विमानमा उपल्बध गराइएको खानाको अनुसन्धान थालेका छन् । हङकङको सेन्टर फर हेल्थ प्रोटेक्सनले शुक्रबार काठमाडौंबाट हङकङ पुगेका यात्रुहरूमा फुड पोइजनिङको लक्षण देखिएको पुष्टि गरेको छ । यस विषयमा स्वास्थ्य अधिकारीहरूले गहिरो अनुसन्धान थालिसकेको जनाएका छन् ।

क्याथे प्यासिफिकले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै यात्रुहरूले भोग्नुपरेको असुविधाप्रति माफी मागेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यदि हाम्रो उडानका क्रममा प्रदान गरिएको खानामा कुनै समस्या देखियो भने हामी सत्य र पारदर्शी रूपमा रिपोर्ट गर्नेछौं । आवश्यक सुधारात्मक कदम चाल्नेछौं ।’

कोरोना महामारीपछि उडान स्थगित गरेको क्याथे प्यासिफिकले २०७९ असोजदेखि नेपालका लागि आफ्नो सेवा पुनः सुरु गरेको थियो । यात्रुहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस घटनाले एयरलाइन्स उद्योगलाई आफ्नो सेवाको गुणस्तर सुधार गर्न थप जागरूक गराएको छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया