Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – एभरेष्ट इन्टरनेशनल स्कुल जापानले यही आउँदो जनवरी १२ तारिख आइतबारका दिन ‘१२ औँ वाषिर्कोत्सव तथा साँस्कृतिक दिवस’ मनाउने भएको छ ।
विगतका वर्षहरूमा झैँ यसवर्ष पनि स्कुलले विद्यार्थीहरूको विविध अतिरिक्त क्रियाकलापका साथै सांगीतिक प्रस्तुति रहने साँस्कृतिक दिवस (कल्चरल डे’) मनाउन लागेको हो । किताबी ज्ञानका साथै विद्यार्थीहरूको सर्वाङ्गीण विकास होस् भन्ने उद्देश्यले हरेक हप्ता स्कुलले विभिन्न अतिरिक्त क्रियाकलापको माध्यमबाट विद्यार्थीमा भएका क्षमता र प्रतिभाको उजागर गरिँदै आएको प्रिन्सिपल विष्णुप्रसाद भट्टले जानकारी दिए । विद्यार्थीहरूमा रहेको प्रतिभालाई प्रस्फुटन गर्न यसप्रकारका कार्यक्रम उपयोगीसिद्ध हुने प्रिन्सिपल भट्टको भनाइ छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘१२ औँ वाषिर्कोत्सव तथा साँस्कृतिक दिवस’ मार्फत विद्यार्थीहरूले नेपाल र जापान दुवै देशको साँस्कृतिक विशेषताका बारेमा जानकार हुने अवसर पाउने छन् भने यसप्रकारका कार्यक्रमबाट उनीहरूमा साँस्कृतिक विविधताभित्र नेपाली एकताको भावना विकास गर्न मदत पुग्ने स्कुल सञ्चालक समितिका उपाध्यक्ष इ. मेघराज नेपालले बताए ।

एभरेष्ट स्कुलको ‘१२ औँ वाषिर्कोत्सव तथा साँस्कृतिक दिवस’ यही जनवरी १२ आइतबार बिहान ११ बजेदेखि सुगिनामी सिटीको उमेजातोस्थित हिगाशी नाकानो स्टेशन नजिकै रहेको सेसिअन सुगिनामी हलमा हुने स्कुल व्यवस्थापनले जनाएको छ । उक्त कार्यक्रममा उपस्थित भई विद्यार्थीहरूको हौसला बढाईदिन स्कुलसँग सम्बन्धित सरकोकारवाला सबैमा अपिल गरिएको छ ।

सन् २०१३ सालमा १३ जना विद्यार्थीबाट सुरु गरिएको एभरेष्ट इन्टरनेशनल स्कुल जापान, नेपाल र जापान सरकारबाट मान्यता प्राप्त इन्टनरनेशनल स्कुल हो भने नेपालबाहिरको नेपाल सरकारबाट मान्यता प्राप्त एक मात्र इन्टरनेशनल स्कुल पनि हो । हाल उक्त स्कुलमा करिव ५ सय जना विद्यार्थीहरू अध्ययनरत छन् भने करिव ६० जना शिक्षक तथा कर्मचारी कार्यरत छन् ।

एभरेष्ट इन्टरनेशनल स्कुल जापान, नेपालबाहिर रहेको एउटा मात्र बहुभाषिक र बहुसाँस्कृतिक स्कुल हो । उक्त विद्यालयले २०२५ अप्रिलबाट कक्षा कोठाका लागि थप भवनसमेत व्यवस्था गरी विद्यार्थी सङ्ख्या बढाउने तयारी गरिएको स्कुल सञ्चालक समितिका अध्यक्ष भवन भट्टले जानकारी दिए ।

उक्त विद्यालयले नेपाल सरकारको शिक्षा मन्त्रालय, जापान सरकारको शिक्षा मन्त्रालय र युकेको क्याम्ब्रिज युनिभर्सिटीबाट समेत सम्बन्धन प्राप्त गरेको छ । उक्त विद्यालय नेपाल सरकारको नेपाल बाहिर रहेको नमुना विद्यालयको रुपमा रहेको कुरा नेपालको शिक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् । विद्यालयले जेहन्दार र आर्थिक रुपमा कमजोर रहेका विद्यार्थीहरूका लागि छात्रवृत्तिको समेत व्यवस्था गरेको छ । विद्यालयको वार्षिकोत्सव एवम् साँस्कृतिक दिवसमा विभिन्न देशका भाषा, कला, सँस्कृति आदि झल्काउने प्रस्तुतिहरू रहने बताईएको छ । ***

तपाईको प्रतिक्रिया