Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता बैतडीमा आयोजना गरिने भएको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कार्यालय सचिव अनिलकुमार विष्टका अनुसार पुस १९ गतेदेखि दशरथचन्द नगरपालिका, सुन्दरखालीस्थित दशरथचन्द क्रिकेट मैदानमा खेल सुरु हुनेछ।

नेपाल क्रिकेट संघको सहयोगमा निर्माण गरिएका दुईवटा टर्फ पिचमा प्रतिस्पर्धा गराउने उद्देश्यसहित प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरिएको हो। टर्फ पिचले खेलाडीको क्षमता उचाइमा पुर्‍याउन भूमिका खेल्ने भएकाले यो निर्णय लिइएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए।

प्रतियोगिता पुस २५ गतेसम्म सञ्चालन हुनेछ र सुदूरपश्चिमका आठ जिल्लाका टोली सहभागी हुने छन्। प्रतियोगिता संयोजक रमेशबहादुर बोहराका अनुसार टोलीहरूलाई समूह ‘ए’ र समूह ‘बी’ मा विभाजन गरिएको छ। समूह ‘ए’ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा र दार्चुला छन् भने समूह ‘बी’ मा बैतडी, डोटी, बझाङ र अछाम पर्छन्।

फाइनल खेल पुस २५ गते हुनेछ, जसमा समूह ‘ए’ र ‘बी’ का विजेताहरू भिड्नेछन्। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोलीमा छनोट गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए। राष्ट्रिय प्रतियोगिता माघको पहिलो सातादेखि धनगढीमा आयोजना गरिनेछ।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया