Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – जापानी अटो निर्माता टोयोटाको विश्वव्यापी उत्पादन लगातार दशौँ महिनामा पनि घटेको छ । अमेरिका र चीनमा बढेको मागका कारण यसको बिक्री भने पछिल्ला दुई महिना लगातार बढेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विश्वको सबैभन्दा ठूलो गाडी निर्माता टोयोटाले गएको नोभेम्बरमा आठ लाख ६९ हजार २३० गाडी उत्पादन गरेको छ । अघिल्लो वर्षको यसमै महिनाको तुलनामा टोयोटाको उत्पादन ६.२ प्रतिशतले घटेको हो ।

अमेरिकामा टोयोटाको उत्पादन ११.८ प्रतिशतले घटेको छ । तर, यो क्रमिक सुधार भएको बताइएको छ । यस्तै, चीनको उत्पादन १.६ प्रतिशतले घटेको छ, यो अघिल्लो महिनाको ९ प्रतिशतको तुलनामा राम्रो हो ।

विश्वभरमध्ये एकतिहाइ गाडी उत्पादन हुने जापानमा समेत टोयोटाको उत्पादन ९.३ प्रतिशतले घटेको छ । अक्टोबरको तुलनामा नोभेम्बरमा बिक्री भएका टोयोटाका गाडीको संख्या १.७ प्रतिशतले बढेर ९ लाख २० हजार ५६९ पुगेको छ ।

बीवाईडी र अन्य चिनियाँ ब्रान्डहरूको विश्वव्यापी बजार विस्तारका बीच टोयोटाले पनि चीनमा विद्युतीय सवारी (ईभी) उत्पादन गर्ने तयारी गरेको छ । कम्पनीले सांघाईमा प्लान्ट स्थापना गरी लेक्सस लक्जरी ब्रान्डका लागि सन् २०२७ देखि ईभी उत्पादन गर्ने बताइएको छ । –रोयटर्सबाट

तपाईको प्रतिक्रिया