टोकियो – जापानी अटो निर्माताहरु होन्डा र निसानले मर्जरको योजना घोषणा गरेका छन् । एपीका अनुसार दुई कम्पनी मर्ज हुँदा बिक्रीको आधारमा विश्वकै तेस्रो ठूलो ‘अटोमेकर’ बन्नेछन् ।
दुवै कम्पनीले सोमबार समझदारी पत्रमा हस्ताक्षर गरेको बताएका छन् । निसानसँग सहकार्य गरेको मित्सुबिसी मोटर्सले पनि आफ्नो व्यवसाय एकीकरण गर्न राजी भएको बताइएको छ । ‘यदि यो एकीकरणले साकार रुप पाए हामी व्यापक ग्राहकमाझ अझै ठूलो मूल्य डेलिभर गर्न सक्छौँ’, निसानका प्रमुख कार्यकारी माकोतो उचिदाले भने ।
विद्युतीय सवारीसाधनमा जापनी अटोमेकर पछि पर्दै गएका थिए । यसबाहेक उनीहरुले लागत घटाउने उपाय पनि खोजिरहेका थिए । यो महिनाको सुरुतिर सम्भावित मर्जरबारे चर्चा सुरु भएको थियो ।
samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.