Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – बाँके जिल्लाका सबै स्थानीय तहमा कुपोषित बालबालिका भेटिएका छन्। पछिल्लो पाँच महिनामा दुई वर्षभन्दा कम उमेरका १,५८८ बालबालिका कुपोषणबाट प्रभावित फेला परेका हुन्। जिल्ला स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन देवनारायण उपाध्यायले कुपोषण घट्दै गए पनि समस्या पूरै समाधान नभएको बताए। उनका अनुसार जानकी र नरैनापुर गाउँपालिकामा कुपोषणको दर उच्च रहेको छ भने कोहलपुर नगरपालिकामा तुलनात्मक रूपमा कम छ।

जानकी गाउँपालिकामा ३७४, नरैनापुर गाउँपालिकामा ३५१, नेपालगञ्ज उपमहानगरपालिकामा २२१, डुडुवा गाउँपालिकामा १०७, राप्ती सोनारीमा १५०, कोहलपुरमा ६०, बैजनाथमा २३५ र खजुरामा ९१ बालबालिका कुपोषित छन्। संघ, प्रदेश र स्थानीय सरकारले कुपोषणको समस्या समाधान गर्न पोषण विशेष कार्यक्रम र जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन्। उपाध्यायले कुपोषण मधेसी र मुस्लिम समुदायमा बढी देखिएको तथ्यांक प्रस्तुत गरे।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अङ्गतबहादुर शाहीले कुपोषण घट्ने दर अपेक्षाभन्दा धीमा रहेको र अझै सन्तोषजनक नभएको बताएका छन्। जानकी र डुडुवा गाउँपालिकाका स्वास्थ्य अधिकारीहरूका अनुसार हालसम्मको प्रयासले केही सुधार भए पनि थप सक्रियता आवश्यक छ।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया