Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – श्रीमती हत्या गरेको अभियोगमा पूर्व स्थानीय सभासद्लाई जेल सजाय सुनाइएको छ । जापानको नागानो जिल्ला अदालतले नागानो प्रिफेक्चरस्थित आफ्नै घरमा पत्नीको  हत्या गरेको अभियोगमा पूर्व स्थानीय सभासद् दाइसुके मारुयामालाई १९ वर्षको जेल सजाय सुनाएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

५० वर्षीय मारुयामाले अप्रिल २०२३ सम्म सभासद्का रूपमा आफ्नो कार्यकाल पूरा गरेका थिए । उनले नागानो जिल्ला अदालतमा चलेको मुद्दामा आफू दोषी नभएको बताएका थिए । तर दाबी साँचो हुने कुनै प्रमाण जुटाउन नसकेपछि उनी दोषी ठहर भएका हुन् ।

अभियोजन पक्षले मारुयामालाई २० वर्षको जेल सजाय माग गर्दै उनले पूर्व प्रेम सम्बन्ध पुनः सुरु गर्ने चाहनाका कारण यो अपराध गरेको दाबी गरेका थिए ।   अभियोगपत्रका अनुसार मारुयामाले २०२१ सेप्टेम्बर २९ को राति करिब १ः४४ देखि ३ः०४ बजेबीच शियोजिरीस्थित आफ्नै घरमा पत्नीको श्वास रोकेर हत्या गरेको खुलेको छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया