Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतका चर्चित र सफल गायक सोनु निगम पुस १० गते नेपालमा आयोजना हुने सांगीतिक कार्यक्रममा प्रस्तुति दिन नेपाल आउने तयारीमा छन्। क्रिसमसको अवसर पारेर ‘सोनु निगम लाइभ इन नेपाल’ शीर्षकमा आयोजना हुने यस कार्यक्रमलाई लिएर संगीतप्रेमीहरूमा ठूलो उत्साह छ।

बौद्धस्थित हायात होटलको खुला चौरमा हुने उक्त कार्यक्रमका लागि तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ। स्टेज निर्माणको काम धमाधम भइरहेको आयोजकले जनाएका छन्। कन्सर्टको लागि ७० प्रतिशत टिकट पहिले नै बिक्री भइसकेको र बाँकी टिकटहरू पनि धमाधम बिक्रि भइरहेको कार्यक्रम आयोजकले बताएका छन्।

कार्यक्रमका लागि गेट बेलुकी ४ बजे खुला गरिनेछ भने सोनु निगमले ३ घण्टासम्म आफ्नो प्रस्तुति दिँदै दर्शकहरूलाई मन्त्रमुग्ध बनाउनेछन्। नेपाली टच अष्ट्रेलिया संस्थाका संस्थापक तथा संगीतकर्मी राज के गोस्वामीले यो कन्सर्टलाई भव्य बनाउन कुनै कसर बाँकी नराखिएको बताए।

सोनु निगम बुधबार मुम्बईबाट काठमाडौं आउँदैछन्। उनले त्यही रात १० बजे स्टेजमा प्रस्तुति दिनेछन् र बिहीबार स्वदेश फर्किनेछन्। आयोजकले कार्यक्रममा झण्डै १० हजार दर्शकको सहभागिता रहने अनुमान गरेको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया