Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – नेपालका सबै वायुसेवा कम्पनीमाथि युरोपेली युनियन (ईयू) ले फेरि प्रतिबन्ध लगाएको छ । ईयूले आफ्नो वार्षिक ‘ईयू सेफ्टी लिस्ट’ अद्यावधिक गर्दै नेपाली वायुसेवा कम्पनीहरूलाई युरोपमा उडान गर्न नपाउने सूचीमा कायम राखेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यो सूचीमा नेपालका हवाईजहाज र हेलिकप्टर सेवा प्रदायक सबै कम्पनी परेका छन् । यद्यपि, हाल नेपाली वायुसेवा कम्पनीहरूले युरोपेली गन्तव्यतर्फ उडान गरिरहेका छैनन् । नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सजस्ता दुई प्रमुख अन्तर्राष्ट्रिय वायुसेवाले पनि युरोपका कुनै गन्तव्यमा सेवा सञ्चालन गर्दैनन् ।

‘ईयू सेफ्टी लिस्ट’ मा पर्ने अर्थ भनेको युरोपको आकाशमा प्रवेश नै गर्न नपाउनु हो । यसले भविष्यमा चार्टर उडान सञ्चालन गर्न पनि कठिनाइ निम्त्याउन सक्छ । ईयूले नेपालका वायुसेवा कम्पनीलाई आफ्नो आकाशमा उडान गर्न झन्डै ११ वर्षदेखि लगातार प्रतिबन्ध लगाउँदै आएको छ । यस अवस्थामा सुधारका लागि नेपालले अझै धेरै काम गर्नुपर्ने देखिन्छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया