Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले चिनियाँ नागरिक गुआन तियानफेङ र उनका सह–षड्यन्त्रकारीहरूको गिरफ्तारीका लागि जानकारी दिने व्यक्तिलाई १ करोड डलर पुरस्कारको घोषणा गरेको छ। गुआनमाथि कम्प्युटर फायरवाल ह्याक गरी साइबर अपराध गरेको आरोप लागेको छ। विदेश मन्त्रालयका अनुसार ३० वर्षीय गुआन चीनको सिचुआन प्रान्तमा बसोबास गर्दै आएका छन्। मङ्गलबार गुआनविरुद्ध कम्प्युटर र तार धोखाधडीको षड्यन्त्र गरेको आरोपमा मुद्दा दर्ता गरिएको थियो।

अमेरिकी अर्थ मन्त्रालयले गुआनले काम गर्ने सिचुआन साइलेन्स इन्फर्मेसन टेक्नोलोजी कम्पनी लिमिटेडमाथि प्रतिबन्ध लगाएको छ। अभियोग अनुसार गुआन र उनका सह–षड्यन्त्रकारीहरूले बेलायतस्थित सोफोस लिमिटेडद्वारा बेचिएको फायरवालमा रहेको कमजोरीको फाइदा उठाएर विश्वभरका हजारौँ नेटवर्कमा आक्रमण गरेका थिए। उप महान्यायाधिवक्ता लिसा मोनाकोका अनुसार सन् २०२० को अप्रिलमा ८१ हजारभन्दा बढी फायरवाल उपकरणमा आक्रमण गरी प्रयोगकर्ताका डाटा चोरी गरिएको थियो।

अमेरिकी २३ हजार उपकरणमध्ये ३६ वटा महत्त्वपूर्ण पूर्वाधारका लागि प्रयोग भइरहेका थिए। एफबीआईका एजेन्ट हर्बर्ट स्टापलेटनका अनुसार सोफोसले कमजोरी चाँडै पहिचान र प्रतिक्रिया नदिएको भए क्षति अझ गम्भीर हुन सक्थ्यो। अमेरिकाले सिचुआन साइलेन्सले चोरीका डाटा चिनियाँ सरकारी निकायलाई बेचेको आरोप लगाएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया