काठमाडौं – गायिका स्मिता दाहालको विवाहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना सन्देश पठाएका छन् । स्मिता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी नातिनी हुन् ।
मोदीले आफूलाई छोराीको बिबाहमा शुभकामना पठाएको आमा गंगा दाहालले फेसबुकमार्फत जनाएकी छन् । गंगा दाहाललाई सम्बोधन गर्दै गत डिसेम्बर २ मा पठाइएको पत्रमा भनिएको छ, ‘उहाँहरूको दाम्पत्य जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु । ६ डिसेम्बर २०२४ मा हुने विवाह समारोहका लागि निमन्त्रणाका लागि तपाईँ र परिवारको लागि म हृदयदेखि आभारी छु । कृपया श्री पुष्पकमल दाहालजीलाई पनि हार्दिक बधाई तथा शुभकामनाको सन्देश सुनाइदिनु होला ।’
स्मिता गत शुक्रबार प्रेमी सायुज्य श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी थिइन् ।
samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.