टोकियो – जापानको प्रधानमन्त्री कार्यालयका एक अधिकारी नाबालिगहरूलाई यौनसम्पर्क गर्न आग्रह गरेको आरोपमा पक्राउ परेका छन् । ४० वर्षीय युकिहिरो कोइजुमी दुई नाबालिगलाई यौन सम्पर्क गर्न आग्रह गरेको आरोपमा पक्राउ गरेका हुन् ।
सोमबार पक्राउ परेका कोइजुमीमाथि गत अप्रिलमा योकोहामामा पार्किङ गरिएको कारमा दुई जुनियर हाई स्कूलका विद्यार्थीहरूसँग नगद दिने वाचामा यौन दुर्व्यवहार गरेको आरोप छ । उनले नाबालिगहरुलाई ४ हजार येन दिने प्रश्ताव गरेका थिए ।
कोइजुमी, जसलाई विद्यार्थीहरूले साथी मार्फत भेटेका थिए, उनले आरोपहरू स्वीकार गरिसकेको प्रहरीले बताएको छ ।
samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.