Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – टोकियो सरकारले कामदारहरूको प्रजनन क्षमता र पारिवारिक समय सुधार्न हप्तामा तीन दिन बिदा दिने तयारी गरेको छ। टोकियोमा कामकाजी आमाहरूलाई सहयोग पुर्‍याउन र घट्दो प्रजनन दरलाई बढावा दिन सरकारी कर्मचारीहरूलाई यो नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको हो।

यो नीति आगामी अप्रिलदेखि कार्यान्वयनमा आउने बताइएको छ। यसअन्तर्गत कर्मचारीहरूले हरेक हप्ता तीन दिन आराम गर्न पाउनेछन्। साथै, टोकियो सरकारले अर्को छुट्टै योजना पनि घोषणा गरेको छ। यस योजनामा प्राथमिक विद्यालयका कक्षा १ देखि ३ सम्मका बालबालिकाका अभिभावकहरूले चाँडै अफिस छोड्न पाउने सुविधा हुनेछ। यो व्यवस्थालाई थप आकर्षक बनाउन अभिभावकहरूको तलबमानमा पनि वृद्धि गरिने भएको छ।

यो नयाँ नीतिले जापानमा पारिवारिक जीवन र व्यावसायिक जीवनबीच सन्तुलन कायम राख्दै जनसङ्ख्या संकट समाधानतर्फको कदमका रूपमा हेरिएको छ। ‘हामी कार्यशैलीहरूको समीक्षा गर्नेछौं, त्यो पनि लचिलोपनका साथ। यो सुनिश्चित गर्दै कि बच्चाको जन्म वा बाल हेरचाह जस्ता जीवन घटनाहरूका कारण कसैले पनि आफ्नो क्यारियर त्याग्न नपरोस्,’ टोकियो गभर्नर युरिको कोइकेले भनिन्, ‘अब देशको लागि यो चुनौतीपूर्ण समयमा हाम्रा जनताको जीवन, जीविकोपार्जन र अर्थतन्त्रको संरक्षण र बृद्धि गर्न टोकियोले पहल गर्ने समय आएको छ।’

जापानले धेरै वर्षदेखि प्रजनन दरमा तीव्र गिरावट भोगिरहेको छ। गत जुनमा त रेकर्ड न्यून पुगेको थियो। यद्यपि सरकारले युवाहरूलाई विवाह गर्न र परिवार सुरु गर्न प्रोत्साहित गर्ने प्रयासहरू भने निकै बढाएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया