Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै लगातार तेस्रो जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्‍यो। पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले मात्र १७ बल बाँकी छँदै तीन विकेटको क्षतिमा पूरा गर्‍यो।

जनकपुरका लागि विदेशी खेलाडी लाहिरु मिलान्थाले ४५ रन, आशिफ शेखले ३३ रन, र जेम्स निशमले नटआउट ४० रन बनाएर जितमा महत्वपूर्ण योगदान गरे। पोखराका बलरमध्ये विपिन कार्की, कुशल भुर्तेल र माइकल लिस्कले समान एक-एक विकेट लिए।

यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनाएको थियो। पोखराका मार्कस क्रिचलीले टोलीका लागि सर्वाधिक ३५ रन बनाए। जनकपुरका बलर ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिएर पोखरालाई रोक्न सफल भए।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया