Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – नेपालबाट प्रशोधन गरिएको भैंसीको मासु (थर्मल्ली प्रोसेस्ड बफेलो मिट) उत्तरी छिमेकी मुलुक चीन निर्यात गर्ने बाटो खुलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणको क्रममा मंगलबार नेपाल-चीनबीच ९ वटा सहमति र समझदारी भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उक्त ९ वटा सहमतिमध्ये एउटा सहमति ‘थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात’ सम्बन्धी प्रोटोकलमा दुई मुलुकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो प्रोटोकलमा समझदारी भएसँगै चीनमा नेपालबाट प्रोसेस्ड बफेलो मिट निर्यात गर्न औपचारिक रुपमा बाटो खुला भएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाका अनुसार प्रोटोकलमा उल्लेख भएको प्रावधानअन्तर्गत रहेर नेपाली उद्योगी व्यवसायीहरुले चीनमा थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात’ गर्न पाउनेछन् । गत असार २० गते बसको मन्त्रिपरिषद्को बैठकले चीनमा कुक्ड बफेलो मिट ( तताएर प्रशोधन गरिएको भैंसीको मासु ) निर्यात गर्ने सम्बन्धी सम्झौतापत्र स्वीकृति दिएको थियो ।

मासु आयातका लागि चीनले १५ पृष्ठको मापदण्ड उल्लेख गरी नेपाललाई पालना गर्नुपर्ने भनेर पठाएको छ । जसमा भैंसी सम्पूर्ण रुपले रोगमुक्त हुनुपर्ने, नेपालको आफ्नै उत्पादन हुनुपर्ने, खाद्य, स्वच्छता, फाइटो स्यानेटरीलगायतका हिसावले उत्कृष्ठ हुनुपर्ने, ३० महिना मुनिको भैंसी हुनुपर्ने, बध गर्दा सरकारले तोकेको प्रावधानभित्र हुनुपर्नेलगायतका मापदण्ड तोकिएको छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया