Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १, २०८२
Monday, April 14, 2025

टोकियो – जापानको ओसाकास्थित बाथटब र शावरहेड बनाउने प्रतिष्ठित कम्पनी, साइन्स कम्पनीले ‘मान्छे धुने मेसिन’ को विकास गरेको छ । यस मेसिनलाई ‘मिराई निन्गेन सेन्ताकुकी’ अर्थात् भविष्यको मान्छे धुने मेसिन भनेर चिनाइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सन् १९७० मा सान्यो इलेक्ट्रिक कम्पनी (हालको पानासोनिक होल्डिङ्स कर्पोरेसन) ले पहिलोपटक यस्तो मेसिन सार्वजनिक गरेको थियो । ओसाका कान्साई एक्सपोमा देखाइएको यो अण्डाकार बबल प्रविधियुक्त मेसिनले निकै चर्चा पाएको थियो । त्यस बखत, चार कक्षामा पढ्ने बालक यासुआकी आयोयामा पनि यो मेसिन हेर्न पुगेका थिए । अहिले यही बालक साइन्स कम्पनीका अध्यक्ष बनेका छन् र आफ्नो बाल्यकालको प्रेरणालाई पुनः जीवन्त बनाउँदै नयाँ र अत्याधुनिक मान्छे धुने मेसिन ल्याउने तयारीमा छन् ।

साइन्स कम्पनीले सन् २०२५ को अप्रिलमा हुने ओसाका कान्साई एक्सपोमा यो मेसिन प्रदर्शन गर्ने तयारी गरिरहेको छ । आधुनिक प्रविधियुक्त यस मेसिनले प्रयोगकर्तालाई सफा गर्नुका साथै उनीहरूको स्वास्थ्य डाटाको निगरानी गर्नेछ । यो मेसिनमा माइक्रोस्कोपिक एयर बबलको प्रयोग गरिएको छ, जसले सौम्य तरिकाले छाला सफा गर्छ । साथमा, यसमा जडान गरिएका सेन्सरले प्रयोगकर्ताको नाडीको चाल, शरीरको अवस्था, र भावनात्मक स्थिति (जस्तै शान्त, आत्तिएको वा रोमाञ्चित) मापन गर्न सक्छ ।

आयोयामाका अनुसार, एक्सपोमा मेसिनमार्फत हजारजनाले नुहाउने अनुभव लिने अपेक्षा गरिएको छ । यसले न केवल सफा गर्ने तर मसाज प्रदान गर्ने कार्यसमेत प्रभावकारी रूपमा सम्पन्न गर्नेछ । सान्योकै ह्यूमन वाशिङ मेसिनको ‘लेगासी’ लाई अघि बढाउँदै यो मेसिनले मानव जीवनमा प्रविधिको क्रान्ति ल्याउने विश्वास गरिएको छ । अब, यसले मान्छे धुने मेसिनको भविष्यलाई कस्तो नयाँ परिभाषा दिने हो, हेर्न बाँकी छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया